गौरीगञ्ज गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न : वडा सदस्यहरुद्वारा सभा बहिष्कार

पढ्न समय: 3 मिनेट

गौरीगञ्ज गाउँपालिका को विशेष गाउँसभा सम्पन्न : वडा सदस्यहरु द्वारा सभा बहिष्कार
असोज ९ गौरीगञ्ज । चौथो र छैठौ गाउँसभा वा आफैंले गरेको निर्णयले उपभोक्ता समितिलाइ रु ५ लाख भन्दा बढिको योजना दिन रोकेपछी नितिगत त्रुटी सच्याउन आज गौरीगञ्ज गाउँपालिका ले सातौ बिशेष गाउँसभा सम्पन्न गरेको छ । रु ४९ लाख ९९ हजार ९ सय ९९ रुपैंया सम्मको योजना उपभोक्ता समिति मार्फत सम्पन्न गर्ने, गौरीगञ्ज क्याम्पस सञ्चालनार्थ रु ५ लाख र सडक मर्मत सँभारका लागि रु ५ लाख बिनियोजन गर्ने लगायतका प्रस्ताबहरु पारित गर्दै सातौ गाउँसभा सम्पन्न भएको कुरा प्रमुख प्रसासकिय अधिकृत राजु दाहालले बताएका छन् । यद्यपि सभाको अन्तिम घडिमा आएर करिब १५ जना वडा सदस्यहरुले सभा बहिस्कार गरि बाहिरिएको बुझिएको छ ।
अघिल्लो गाउँसभा हरुमा रु ५ लाख सम्मको मात्र योजनाहरु उपभोक्ता समिति लाइ दिने निर्णय भएकोमा अचानक ५० लाख सम्मको योजना उपभोक्ता समितिले दिनुको औचित्य स्पष्ट पार्नु पर्ने, कोभिड १९ रोकथामका लागि गरिएको खर्चको शुक्ष्म बिबरण सार्बजनिक गर्नु पर्ने, नदि तटबन्ध लगायतको बिपद व्यवस्थापनका लागि छलफल गर्न गाउँसभा केहि दिन लम्ब्याउने पर्ने लगायतका मागहरु आफुहरुले राखेकोमा त्यसको सम्बोधन नभएपछी आफुहरु सभाबहिस्कार गरि बाहिरिएको कुरा एक वडा सदस्यले बताए । आफुहरु बहिस्कार गरेर सभा हलबाट बाहिरिएपछी पनि उपस्थिती खातामा आफुहरुले गरेको हस्ताक्षरलाइ आधार मानेर अध्यक्ष वडाध्यक्ष हरुले जबरजस्ती प्रस्ताब पारित गरेको आरोप उनिहरुले लगाएका छन् ।
उद्धाटन सत्रमा बोल्दै वडा सदस्य उदिम राइले सभा बस्नु एक हप्ता अगावै छलफलमा लगिने प्रस्ताब तथा योजनाहरु सदस्यहरुलाइ बाडिनु पर्नेमा ऐन नियम बिपरित गाउँसभा डाकिएको आरोप लगाएका थिए । शाखाअधिकृत बिरेन्द्र खड्काले कर्मचारी र जनप्रतिनिधीहरु बिच एक आपसमा सहकार्य नभइ कुनै पनि स्थानिय तह सफल हुन नसक्ने कुरा बताएका थिए । वडाध्यक्ष कार्तिकलाल राजवँशी र मखना महतो ले अघिल्ला गाउँसभाहरुमा छलफल भएको बिषय र प्रस्ताब समेत निर्णय पुस्तिकामा नलेखिने गरेको आरोप लगाएका थिए ।
उद्घाटन सत्र बिसर्जन गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले कतिपय छलफलका विषयहरु निर्णय पुस्तिकामा लेख्न कानुनले छेक्ने गरेकाले त्यस्ता प्रस्ताबहरु निर्णय पुस्तिकामा छुटेको हुन सक्ने बताए । शाखा अधिकृत नारायण चँदाराले सहजिकरण गरेको उद्घाटन सत्रमा उपाध्यक्ष दिपेन्द्र थापाले स्वागत मन्तब्य राखेका थिए भने महिला सदस्यहरुका तर्फबाट वडासदस्य रिता तामाङले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्