
असार १६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको १५ औँ गाउँ सभाको दोश्रो बैठकले आर्थिक बर्ष २०८१ / ०८२ का लागि रु ४९ करोड ५३ लाख बजेट पारित गरेको छ । बैठकमा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आब २०८१ / ०८२ का लागि रु ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।
बजेटमा शिक्षा तर्फ २ करोड ५० लाख कृषि तथा पशु बिकास तर्फ २ करोड ३० लाख पुर्वाधार बिकास तर्फ ३ करोड स्वास्थ्य तथा पोषण तर्फ १ करोड ५० लाख तथा प्रत्येक वडा लाइ रु ४० – ४० लाख सिलिङ बजेट बिनियोजन गरिएको छ । निति तथा कार्यक्रममा खुद्रे बजेटलाइ निरुत्साहित गर्ने निति अबलम्बन गरेपनि यस पटकको बजेटमा प्रसस्तै खुद्रे बजेटहरु बिनियोजन गरिएको छ ।