असार १० गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८० / ०८१ का लागि रु ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपैयाको अनुमानित बजेट सार्बजनिक गरेको छ । आज आइतबार बाट शुरु भएको गाउँपालिकाको १३ औँ गाउँसभामा उपाध्यक्ष पुजन न्यौपाने कुँवरले अनुमानित बजेट सार्वजनिक गरेको हो ।
प्रस्तुत बजेटमा आर्थक बिकास तर्फ रु १ करोड ३३ लाख बिनियोजन गरेको छ । जसमध्ये कृषीमा ६० लाख पशुमा ५४ लाखर उद्योग वाणिज्यमा १९ लाख रुपैया बिनियोजन गरिएको छ ।
सामाजिक बिकास तर्फ ८ करोड ३६ लाख ५४ हजार रुपैया बिनियोजन गरेको छ । जसमध्ये शिक्षामा २ करोड ५६ लाख ५४ हजार रुपैया स्वास्थ्यमा ५ करोड रुपैया खानेपानी तथा सरसफाइमा ८ लाख रुपैया सँस्कृतीमा १० लाख र युवा तथा खेलकुदमा १२ लाख रुपैया बिनियोजन गरिएको छ ।
बन वातावरण तर्फ ६०लाख लैँगिक समानता तथा समावेशीकरण तर्फ ५० लाख पुर्वाधार बिकास तर्फ ३ करोड ४९ लाख ५ हजार सुशासन तथा सँस्थागत क्षमता बिकास तर्फ ५७ लाख रुपैया बिनियोजन गरेको छ ।
गाउँसभामा अध्यक्ष फुलबती राजवँशीले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम समेत प्रस्तुत गरेका छन् । अध्यक्ष राजवँशी द्वारा प्रस्तुत निति तथा कार्यक्रममा केहि पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिदै थप केहि नयाँ कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
प्रस्तुत निति तथा कार्यक्रममा आगामी शैक्षिक सत्र देखि गौरीगञ्ज गाउँपालिका भित्रका सम्पुर्ण शिक्षक कर्मचारी तथा सार्वजनिक पद धारण गरेका ब्यक्तीहरुका सन्तान लाइ सामुदायिक बिद्यालयमा पठनपाठन गराउने कार्यलाइ अनिवार्य गरिएको छ भने खजुरगाछी माबिमा प्राबिधिक शिक्षा कक्षा सञ्चालनका लागि आवश्यक पहल गरिने भनिएको छ ।
त्यस्तै गौरीगञ्ज आधारभुत अस्पतालमा आवश्यक जनशक्ती र उपकरण क्षमता बढाइ २४ घण्टे सेवा शुरु गर्ने कार्यक्रम तय गरिएको छ । गाउँपालिका बाट राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका खेलाडीहरुको अभिलेख राखि प्रोत्साहन गरिने छ । नगर प्रहरीको ब्यवस्था गरिने तथा सार्वजनिक जग्गाहरुको खोजि गरि अभिलेखिकरण सँरक्षण तथा अतिक्रमण नियन्त्रण गरिनेछ भने सामुदायिक कुकुरहरुको आतँक नियन्त्रण गर्न कुकुर बन्धयाकरणको कार्यक्रम समेत समेटिएको छ ।
अध्यक्ष द्वारा प्रस्तुत निति तथा कार्यक्रम माथि वडा सदस्यहरु राजभक्त सुनुवार गँगा राजवँशी र शुसिल राइले टिप्पणी गरेका थिए ।