
बैशाख ३० झापा । बैशाख २९ गते गौरीगञ्ज गाउँपालिकाको सिसिएमसि बैठकले मध्यरात देखि गाउँपालिका क्षेत्र भित्र पुर्ण लकडाउन गर्ने निर्णय गर्यो । निर्णय मा लकडाउन अबधि भरि अत्यावश्यक बाहेक सबै बजार, पसल, हाट, कार्यालय बैँक, बितिय सँस्था यातायात पुर्ण रुपमा बन्द गराउने भनिएकोछ । कुनै कार्यालयले आन्तरिक काम गर्नु परे गाउँपालिका वा सुरक्षा निकाय को अनुमतिमा थोरै कर्मचारी को उपस्थिति मा अान्तरिक काम मात्र गर्न पाउने भनिएकोछ । सोहि ब्यहोराको सुचना समेत गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ द्वारा हस्ताक्षर गरि स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र ले सँचार माध्यमहरुलाई ईमेल गरेका छन् ।

तर गाउँपालिका को सिसिएमसि बैठकको निर्णय सार्वजनिक भएको केहि बेरमा नै गाउँपालिका को अफिसियल फेसबुक एकाउन्ट बाट एउटा अचम्मको सुचना प्रकाशित गरिएकोछ । गौरीगञ्ज गाउँपालिकाको लेटर प्याड मा कृषि शाखा प्रमुख भिमा बान्तवा द्वारा जारी सुचनामा २९ गते देखि नै कृषि औजार बितरण गर्ने भनि कृषकहरुलाई कृषि शाखा आउन अनुरोध गरिएकोछ । एकातिर गाउँपालिका ले सबै कार्यालय बन्द राख्ने निर्णय गरेको छ भने अर्को तर्फ गाउँपालिका मातहतकै शाखाले कार्यालय मा सेवाग्राही बोलाएर भिडभाड मचाउने सुचना जारी गतेको छ । अझ अचम्म त केछ भने कृषि शाखाको सो विरोधाभास पुर्ण सुचना जारी गर्ने अफिसियल एकाउन्टमा सिसिएमसि बैठकको निर्णय र लकडाउन सँबन्धी महत्वपूर्ण सुचना भने अपलोड नै गरिएको छैन ।

गाउँपालिका को पुर्ण लकडाउन सम्बन्धित निर्णय सार्वजनिक भएको केहि बेरमै सो निर्णय लाई चुनौति दिने गरि गाउँपालिका कै एकाउन्टबाट कृषि शाखाको सो सुचना जारी भएपछि गौरीगञ्ज दर्पण डटकम ले सो सुचना बारे गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल लाई फोन गरेर अबगत गराएको थियो । अबगत गराउदा अध्यक्ष बाबुराजा श्रेष्ठ ले सुचना जारी गर्दा आफुलाई जानकारी नगराएको र त्यस प्रकारको सुचना जारी भएको भए कृषि शाखा र सुचना शाखा लाई सो सुचना हटाउन लगाउने प्रतिकृया दिएका थिए । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल ले समेत सोहि व्यहोरा को प्रतिकृया दिएका थिए तर अबगत गराएको १४ घण्टा बितिसक्दा र यो समाचार तयार पार्दासम््म (३० गते बिहान ७ बजेसम्म) गाउँपालिका को अफिसियल एकाउन्ट बाट न त सो विरोधाभास पुर्ण सुचना हटाईएको छ न त क्षमा याचना गरिएकोछ ।
यस बाट गाउँपालिका स्थानिय सरकार को निर्णय लाई कृषिशाखा सुचना शाखा लगायतले नटेरेको होकि भन्ने एक कृषकले प्रतिकृया दिएकाछन् । उनि भन्छन् – गाउँपालिका अत्यावश्यक काम बाहेक घरबाट ननिस्क भन्छ , अर्कोतिर कृषिशाखा कृषि सामग्री लिन आउ भन्छ ।