माघ १८, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका को दसौँ गाउँसभा मँगलबार शुरु भएको छ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले ब्यानर पढेर दसौँ गाउँसभा को उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा ले दोश्रो चौमासिक को प्रगती लिखित विवरण वाचन गरेर सुनाएका थिए । विवरण अनुसार आव २०७८ / ०७९ को दोश्रो चौमासिक सकिदा समेत गाउँपालिका का ६० प्रतिशत भन्दा धेरै योजना हरु अलपत्र परेको देखिन्छ । उपाध्यक्ष थापा ले वाचन गरेको बिबरमा चालु आर्थिक वर्षको सडक, पुल पुलेसा लगायतका भौतिक पूर्वाधार योजना तर्फका ५६ योजना मध्ये दोस्रो चौमासिक अवधि सकिदासम्म २३ वटायोजना मात्र सँझौता भएको र त्यस मध्ये पनि ७ वटा योजना मात्र सम्पन्न भएको देखिन्छ ।त्यसै गरि सहरी विकास र भवन निर्माण तर्फ का १८ योजना मध्ये ७ वटा योजना मात्र सँझौता हुन सकेर त्यस मध्ये पनि ४ वटा योजना मात्र सम्पन्न भएको देखिन्छ भने सँस्कृति पर्यटन, पुर्ण सरसफाई, लैँगिक, लक्षित वर्ग तथा समावेशी, लगायतका कार्यक्रम योजनाहरु हाल सम्म शुरु नै हुन नसकेको अवस्था देखिन्छ ।

दोश्रो चौमासिक प्रगति बिबरण अनुसार वडास्तरीय योजना हरुमा भौतिक पूर्वाधार निर्माण तर्फ वडा नँ १ मा ३० योजना मध्ये हालसम्म १३ योजना मात्र सँझौता हुन सकेको, वडा नँ २ को ९ योजना मध्ये ५ वटा योजना मात्र सँझौत भएको, वडा नँ ३ को ११ योजना मध्ये ५ योजना मात्र सँझौता भएको, वडा नं ४ को २६ योजना मध्ये ७ वटा योजना मात्र सँझौता भएको, वडा नं ५ को २० वटा योजना मध्ये ४ वटा योजना मात्र सँझौता भएको र वडा नं ६ को १४ योजना मध्ये ४ वटा योजना मात्र सँझौत भएको देखिन्छ । अझ लाजमर्दो कुरा त के छ भने गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका १२ योजना मध्ये ५ वटा योजना यो चालु आर्थिक वर्षमा समेत अझ अलपत्र परिरहेको अवस्था देखिन्छ ।

उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष थापा ले जनप्रतिनिधि हरु ब्यक्तिगत स्वार्थ मा लिप्त हदै गएकाले जनताहरुले बिकाशको अनुभुति गर्न नसकिरहेको बताएका छन् ।

गाउँसभाको उद्घाटन सत्रमा बोल्दै अधिकाँश जनप्रतिनिधि हरुले पछिल्लो ४ बर्षको आफ्नो कार्यकाल को समिक्षा गरेका छन् । उद्घाटन सत्रमा बोल्दै वडा नं ६ का वडा सदस्य उदिम राईले बिगतका बर्षहरुमा कृषि क्षेत्रमा व्यापक बजेट विनियोजन गरेपनि गाउँपालिका ले कृषि क्षेत्रमा प्रगती गर्न नसकेको कुरा बताए । उनले गाउँपालिकाको बजेटबाट २ – ४ ओटा ट्याक्टर र कृषि यन्त्र बितरण गरेर कृषिमा क्रान्ति ल्याउन नसकिने कुरा बताए । त्यसैगरि कार्यपालिका सदस्य राधा अधिकारी ले जनप्रतिनिधि हरुले काम गर्नुको साटो सेवासुविधा र भत्तामा लिप्त भएको गुनासो जनताहरुले गर्ने गरेको स्मरण गराउदै जनप्रतिनिधि हरुले जनतालाई बिकासको अनुभुति गराउन नसकेको जिकिर गरे ।

वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी ले गौरीगञ्ज गाउँपालिका ले शुरुका बर्षहरु देखिनै केहि निश्चित वडाहरुलाई मात्र ध्यान मा राखेर बजेट बिनियोजन गर्ने गरेको र वडा नँ १ र २ लाई सधै उपेक्षा गर्ने गरेको गुनासो गरे ।

उदघाटन सत्रको समापन गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बिगत ४ बर्षमा गौरीगञ्जले मुहार फेरेको जिकिर गर्दै गौरीगञ्जका एक दुई सडक र कल्भर्ट बाहेक अधिकांश सडक हरु हिलो मुक्त भएको बताए । गाउँपालिका भित्र का भौतिक पूर्वाधार निर्माण तर्फ बिकाश भएपनि जनताले गुनासो गर्ने गरेको बताए ‌ । उनले कृषि तथा शिक्षा को क्षेत्र मा समेत गाउँपालिका ले प्रगति गरेको जिकिर गरेनि शिक्षा र कृषि तर्फ गाउँपालिका को बास्तविक प्रगती भने शुन्य प्राय रहेको देखिन्छ ।

गाउँसभाको बन्द सत्र भने माघ २१ गते हुने कुरा श्रोतले बताएको छ ।