असोज ४ गौरीगञ्ज । निर्वाचन खर्चको बिबरण नबुझाउने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाइ निर्वाचन आयोगले जरिवाना गरेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारलाइ आयोगले रु ३ लाख ५० हजार का दरले जरिवाना तिराउने भएको हो । निर्वाचन खर्चको बिवरण नबुझाउने गौरीगञ्ज गाउँपालिकाका १० जना अध्यक्ष उपाध्यक्ष का उम्मेद्वारहरु रु ३ लाख ५० हजार जरिवानाको कारवाहिमा परेका छन् ।

चुनाव खर्च समयमै नबुझाइ जरिवानाको कारवाहिको सुचिमा गौरीगञ्ज गाउँपालिकाको बहालवाला अध्यक्ष फुलबती राजवँशी समेत परेकी छन् । राजवजँशी सहित आयोगलाइ चुनाव खर्च बिबरण नबुझाउनेमा गौरीगञ्जका अध्यक्ष पदका उम्मेद्वारहरु राप्रपाका बाबुराजा श्रेष्ठ माओवादी केन्द्रकी मेनुका राजवँशी जसपाका घनश्याम रिजाल र नेकपा समाजबादीका भुपनारायण राजवँशी रु ३ लाख ५० हजार जरिवानामा परेका छन् । त्यसै गरि उपाध्यक्षका उम्मेद्वारहरुमा माओवादी केन्द्रका बिद्यानन्द राजवँशी राप्रपाकी रानी सोरेन जसपाकी मन्नीदेवी पासवान स्वतन्त्र उम्मेद्वार जयचन्द्र राय र स्वतन्त्र उम्मेद्वार सुजन थापा रु ३ लाअख ५० हजार जरिवानामा परेका छन् ।
यस मध्ये माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका बिद्यानन्द राजवँशीले जरिवाना रकम बुझाएर एमालेका तर्फबाट प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेद्वार बनेका छन् । उनले जरिवाना रकम रु ३ लाख ५० हजार तिरेकी तिरेनन् भन्ने गौरीगञ्ज दर्पण डटकमको प्रशनको जवाफ दिदै जिल्ला निर्वाचन कार्यालय झापाका आयुक्त तुलसी नेपालले जरिवाना नतिरी कुनै पनि हालतमा कोहि पनि उम्मेद्वारी दर्ता गराउनै नसक्ने बताए ।

आयोगले देशभरका चार हजार १९६ जना उम्मेदवारलाई जरिवाना तोकेको हो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई आयोगले तीन लाख ५० हजार जरिवाना गरेको हो। त्यस्तै नगरपालिकाका वडाध्यक्षका उम्मेदवारलाई २ लाख र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवारलाई १ लाख ५० हजार जरिवाना तोकिएको छ । झापाका स्थानीय तहका कूल २९३५ उम्मेदवारहरुमध्ये ४१९ जनाले मात्र समयमा निर्वाचन खर्च विवरण बुझाएका थिए । त्यस्तै ८ सय जनाले ढिलो गरी बुझाएका थिए । आयोगले नबुझाउने र ढिला गरी बुझाउने दुवै किसिमका उम्मेदवारलाई एउटै जरिवाना तोकेको छ ।