गौरीगञ्ज क्याम्पस प्राज्ञिक सँस्थामा अप्राज्ञिक मनमौजी
मदान राजवँशी मनप्रीत ।
गौरीगञ्ज क्षेत्रको एक मात्र प्राज्ञिक सँस्था गौरीगञ्ज बहुमुखी क्याम्पसमा पछिल्लो समय राजनैतिक बिकृती मौलाउँदै गएको छ । आफ्नो राजनैतिक स्वार्थ पुरा गर्न सँचालक समिती देखि स्वबियु चुनाब सम्म राजनैतिक दलहरुको तालमेल देखिएको गौरीगञ्ज क्याम्पसमा पछिल्लो समय कर्मचारी तथा प्रशिक्षक नियुक्ती प्रकृयामा बिकृती देखिएको छ ।
क्याम्पसले गत बैशाख १६ गते केहि प्रशिक्षक र कर्मचारीको माग गरि खुलाएको बिज्ञापनमा त्रिभुवन बिश्व बिद्यालयको शिक्षक कर्मचारी सेवा सँबन्धी नियमको धज्जी उडाएको पाइएको छ ।

त्रिबिको शिक्षक कर्मचारी सेवा सँवन्धी नियम २०५० को दफा ४ को ग मा शिक्षकको उम्मेदवार हुन ४५ बर्ष सम्म र कर्मचारीको उम्मेदवार हुन उमेरको हद ४० बर्ष सम्म तोकेको छ । तर क्याम्पसले गत बैशाख १६ गते जारी गरेको बिज्ञापनमा प्रशिक्षकको उमेर हद ४० बर्षसम्म मात्र तोकेको छ ।
नयाँलाइ उमेरको हद : पुरानालाइ मनमौजी
नयाँ कर्मचारी र प्रशिक्षक नियुक्ती गर्दा गौरीगञ्ज क्याम्पसले प्रतिस्पर्धा गर्न उमेरको हद तोकेपनि पुराना प्रशिक्षक र कर्मचारीलाइ उमेरको हदमा मनमौजी गर्न छुट दिएको पाइएको छ । त्रिबिको शिक्षक कर्मचारी सेवा सँबन्धी नियम २०५० को परिच्छेद ७ मा अबकाश उपादान र निबृती भरणको ब्यवस्था गरिएको छ । सोहि परिच्छेदमा शिक्षक तथा कर्मचारीलाइ निजको उमेर ६३ बर्ष पुरा भएपछी बिश्व बिद्यालय सेवाबाट अनिवार्य अबकाश दिएनेछ भनेर उल्लेख गरिएको छ । तर गौरीगञ्ज क्याम्पसमा केहि प्रशिक्षक तथा कर्मचारीहरुको उमेरको हद ६३ बर्ष पार भइसक्दा पनि उनिहरुलाइ सेवाबाट हटाइएको छैन । हाल क्याम्पसमा कार्यरत २ जना प्रशिक्षक र १ जना कर्मचारीको अबकास पाउने उमेरहद पुरा भइ सकेर पनि सेवामा कार्यरत रहदै आएका छन् । यस बिषयमा केहि समय अघि जिज्ञासा राख्दा क्याम्पसले करारमा राख्दा उमेरको हद नलाग्ने जनाएका थिए । तर गत बैशाख १६ गते क्याम्पसले करारकै बिज्ञापन निकाल्दा त्रिबिकै नियमको धज्जि उडाएर प्रशिक्षकको उमेर हद ४० बर्ष तोकेको छ ।
गौरीगञ्ज क्याम्पसलाइ आफ्नो राजनैतिक अभिष्ट पुरा गर्ने थलो बनाउनका लागि गत बर्ष केहि कथित समाजसवी हरुले सुचना बिनै गुपचुपमा क्याम्पस सभा गठन गरेका थिए भने सोहि क्याम्पस सभाबाट सञ्चालक समिती निर्वाचन गराउँदा काँग्रेस माओबादीले अघोषित तालमेल गरी काँग्रेसका मखना महतोलाइ अध्यक्षमा निर्वाचित गराएका थिए । अहिले सञ्चालक समितीका पदाधिकारीहरु प्रायको सन्तान यो क्याम्पसमा अध्ययन गरेका छैनन् । हाल क्याम्पस सञ्चालक समिती अध्यक्ष काँग्रेसका मखना महतो हुन भने क्याम्पस प्रमुख एमालेका सर्वतलाल राजवँशी हुन । काँग्रेस र एमालेको सता गठबन्धन चलिरहेकै बेला गत चैत ५ गते आफ्नो राजनैतिक अभिष्ट पुरा गर्न स्वबियु निर्वाचनमा समेत गठबन्धन गरेर काँग्रेस र एमालेले स्वबियु समेत कब्जा गरेका थिए ।