गौरीगञ्ज क्याम्पसमा सत्ता गठबन्धनको प्यानल बिजयी

चैत ५ गौरीगञ्ज । गौरीगञ्ज बहुमुखी क्याम्पसमा आज सम्पन्न भएको स्वबियु निर्वाचनमा सत्ता साझेदार दलको निकट भातृ सँगठनहरुको गठबन्धन प्यानल बिजयी भएको छ । अनेरास्वबियु र नेबिसँघको सँयुक्त प्यानलबाट सभापती पदमा नेबिसँघका रोशन यादवले ४६ मत ल्याइ बिजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार लालदेव यादवले २९ मत ल्याएका छन् । तयस्तै अखिल क्रान्तिकारीकी मोहिनी राजवँशीले २२ मल पाएकी छन् ।
त्यस्सतै सचिबमा अनेरास्वबियुका डिल्लीराम पौडेलले ४२ मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अभिषेक राजवँशीले ३३ मत ल्याएका छन् त्यस्तै अखिल क्रान्तिकारी का रोहित ठाकुरले २२ मत ल्याएका छन् ।
कोषाध्यक्ष पदमा अनेरास्वबियुका मुजेफर मियाले ३९ मत ल्याइ बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्रवी अखिल क्रान्तिकारी की लिजा गिरीले ३३ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार नितु यादवले २४ मत पाएका छन् ।
त्यतै सदस्य पदमा अनेरास्वबियुका युगेश कटुवाल ले ५१ मत ल्याएर बिजयी भएका छन् भने नेबिसँघका डिल्ली राजवँशी ले ४८ मत र नेबिसँघ कै इशा राजवँशीले ३८ मत ल्याइ बिजयी भएका छन् । सदस्य पदमा स्वतन्त्र उम्मेद्वारहरु लक्ष्मी गौतमले २४ प्रज्वल खनालले २५ र महिमा राजवँशीले १८ मत पाएका छन् भने क्रान्तिकारीकी हनिसा ताजपुरियाले २१ सँयज मुर्मुले १७ र अस्मिता राजवँशीले २० मत पाएका छन् ।
समानुपातिक तिर नेबिसँघले ४० मत अखिल क्रान्तिकारीले ३० मत र अनेरास्वबियुले २४ मत पाएका छन् ।
जम्मा १०० मतदाता रहेको कयाम्पसमा ९७ मत खसेको थियो । सो क्याम्पसमा सरकारको नेतृत्व गरिरहेका दलहरु नेपाली काँग्रेस र एमालेका भातृसँगठनहरु नेबिसँघ र अनेरास्वबियुले गठकन्धन गरेर उम्मेदवारको प्यानल खडा गरेका थिए भाने स्वतन्त्र बिद्यार्थीहरुको र माओबादी निकट अखिल क्रान्तिकारीको छुट्टा छुट्टै प्यानल मैदानमा उत्रिएको थियो । स्वतन्त्र प्यानल मैदानमा आएपछी सता साझेदार दलका नेताहरु समेत गठबन्धनलाइ जिताउन भोट माग्दै हिड्नु परेको थियो