नेपाल विधार्थी संघले गौरीगञ्ज बहुमुखी क्याम्पस मा इकाइ समिति पुनर्गठन गरेको छ । सोमबार क्याम्पस मा एक कार्यक्रमको आयोजना गरि समिति गठन गरिएको हो ।
केहि दिन अघि सभापति कृष्ण दास बाबाजि को कार्यब्यस्तता का कारण कार्यबाहक जिम्मेवारी सम्हालेका रोशन यादवलाइ सभापतिको पदको लागि चयन गरिएकोछ । उनको अध्यक्षतामा ६१ सदस्यीय समिति गठन गरिएको हो । उप सभापतिमा संगीता महतो सचिवमा स्तब हुसैन सह सचिवमा रमेश ताजपुरिया कोषाध्यक्षमा सरिता सिंह र सह कोषाध्यमा सूर्य यादब लाइ चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा कामेश्वर राजवंशी , अजय कु.हलुवाई , सुजिता गन्गाई ,ममता राजवंशी , बन्दना दास , अस्मिता यादब , पुष्पा यादब , प्रियंका शाह , राजेस यादब , धीरज महतो , अनिता गिरी , जीवन मेहता , निर्मला महतो ,ईसा शाह , खुसी चौधरी , सुस्मिता दास , प्रगति दास लगायत लाइ चयन गरिएको छ।
रोशन यादबकै सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीगञ्ज गाउँपालिका वडा नँ ३ का वडाध्यक्ष मखना महतो, नेबिसँघ झापाका उपसभापति भवानी काफ्ले, नेमसँघका अध्यक्ष हेमा आचार्य लगायतको उपस्थिति थियो । कृष्ण दास बाबाजि ले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम को सहजिकरण स्वबियु सभापति देब ताजपुरीया ले गरेका थिए ।