साउन ८ गौरीगञ्ज । झापा गौरीगञ्जको गौरीगञ्ज आधारभुत अस्पतालमा भोली बुधबार देखि साप्ताहिक रुपमा भिडियो एक्स-रे सेवा सुरु हुने कुरा अस्पतालले जनाएको छ ।
निम्स अस्पताल दमकसँगको सहकार्यमा अस्पतालले हरेक बुधबार भिडियो एकस-रे सेवा सहित बिशेषज्ञ सेवा शुरु हुन लागेको कुरा अस्पतालका प्रशासन प्रमुख अनुप शर्माले जनाएका छन् । बिशेषज्ञ सेवाका लागि भोली बुधबार महिला तथा प्रसुती रोग बिशेषज्ञ अञ्जु मण्डलले बिशेषज्ञ सेवा दिने र हरेक हप्ता अन्य बिशेषज्ञ डाक्टरहरु आउने कुरा अस्पतालले जनाएको छ ।
हरेक बुधबार भिडियो एक्स-रे सेवाका लागि रेडियोलोजिस्ट सौगात पोख्रेल सहितका प्राबिधिकहरुको सेवा शुरु भएको कुरा अस्पतालले जनाएको छ ।
लामो समयदेखि अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुन नसकेको अबस्थामा बिशेषज्ञ डाक्टरको सेवा सहित भिडियो एक्स-रे सेवा हुने भएपछी केहि आस पलाएको छ भने अस्पतालमा अहिले ३ जना डाक्टर सहित पर्याप्त जनशक्ती भएर पनि २४ घण्टे शेवा शुरु हुन सकेको छैन ।