गौरीगञ्ज अस्पतालको हरि बिजोग : न शौचालयमा पानी न सेवाग्राहीलाइ पँखा

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज अस्पतालको हरि बिजोग : न शौचालयमा पानी न सेवाग्राहीलाइ पँखा

जेठ २७ गौरीगञ्ज । केहि दिन यता झापा लगायत तराइमा अचाक्ली गर्मी बढेको छ । आज मँगलबारको मापन हेर्ने हो भने दिउसो गौरीगञ्जमै ४० डिग्री सेल्सियस तापक्रम पुगेको अबस्था थियो । तातो हावाले अहिले घर घरमै बिरामी पैदा भइरहेको छ । यस्तो अचाक्ली गर्मीको बेला गौरीगञ्ज आधारभुत अस्पतालमा उपचारका लागि पुग्ने बिरामीहरुले अस्पतालको साँघुरो र हावा न आउने प्यासेजमा निस्सासिएर पालो पर्खिनु परेको दृष्य हिजो आज देख्न सकिन्छ ।

- Advertisement -
Ad image

अस्पतालको भुइ तल्लामा प्यासेजको पश्चिम तिर ओपिडी कक्ष छ । त्यहि कक्ष अगाडीको साँघुरो कक्षमा बिरामीहरु कोहि गम्छाले त कोहि साडीको साप्कोले र कोहि डाक्टर कै पुर्जाको पँखा बनाएर हम्किदै आ आफ्नो पालो कुरिरहेका हुन्छन् । त्यो प्यासेजमा मात्र होइन बिरामी ले पालो कुर्ने कुनै पनि ठाँउमा पँखाको ब्यवस्था छैन ।

यो अस्पतालमा पँखा मात्र होइन अस्पतालको कुनै पनि बिरामीले प्रयोग गर्ने शौचालयमा पानी नै आउँदैन । सबै शौचालय भित्र धारा जोडिएको छ तर कुनै धाराबाट पनि पानी आउँदैन । युरिन टेस्टका लागि वा स्टुल टेष्टका लागि दिसा र पिसाव को स्याम्पल दिन शौचालय प्रयोग गरिसकेपछी बिरामीहरुले हात धुन नपाएको गुनासो गरेका छन् । शौचालयका धाराहरुमा पानी नआउँदा शौचालयहरु सबै फोहर र दुर्गन्धित भएका छन् ।  उनिहरुले पिउनका लागि स्वच्छ पानीको समेत ब्यवस्था नभएको गुनासो गरेका छन्। यस बारे अस्पताल प्रसाशनलाइ जिज्ञासा राख्दा गौरीगञ्ज गाउँपालिकालाइ यसबारे बारम्बार जानकारी गराउँदा समेत सुनवाइ नगरेको बताउछन् ।

अस्पतालले अहिले ओपिडी मा रु ५० र ल्याव सेवामा समेत न्युनतम शुल्क लिने गरेको छ भने बिमा सेवा समेत सञ्चालनमा रहेको छ । गाउँपालिकाले बर्षै पिच्छे अस्पतालका लागि करोडौ रुपैया बिनियोजन गरिरहेको छ । तर बिरामीहरुलाइ झनै बिरामी बनाउने गरि अस्पतालको ब्यवस्थापनमा गाउँपालिकाले गरिरहेको यो गैर जिम्मेबारीले सेवारीहरु सास्ती भोगिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्