गौरीगञ्ज अपाङ्गता सहयोग समितिमा पुन: बुढाथोकी मनोनित

पढ्न समय: 1 मिनेट

चैत्र १, गौरीगञ्ज ।‌ गौरीगञ्ज अपाङ्गता सहयोग समिति को पहिलो साधारणसभा सम्पन्न भएको छ । पहिलो साधारणसभा ले समितिको अध्यक्ष पदमा शेरमान बुढाथोकी लाई नै आगामी कार्यकालका लागि सर्वसम्मतिवाट चयन गरेको छ ।

- Advertisement -
Ad image
सदस्यहरु

साधारण सभा ले उपाध्यक्ष पदका लागि बिमला भट्टराई काफ्ले, सचिवमा रञ्जित राजवंशी, कोषाध्यक्षमा ईन्दिरा राजवंशी तथा सदस्यहरुमा चिरञ्जीवी केसी, वेदनिधि नेपाल, प्रदिप राजवंशी, कृष्णराज नेम्वाङ र हँसावती राजवँशीलाई सर्वसम्मतिबाट चयन गरिएको कुरा निर्वाचन अधिकृत सीता खड्काले बताएकी छिन् ।

अध्यक्ष बुढाथोकी

नयाँ समिति गठनका लागि समितिको बिधान अनुसार तिन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख सीता खड्काको सँयोजकत्वमा गठन गरिएको निर्वाचन समितिको सदस्यमा अमरलाल महतो र वेदनिधि नेपाल लाई चयन गरिएको थियो ।

बालटिन बितरण

समिति का अध्यक्ष शेरमान बुढाथोकी को अध्यक्षता मा भएको पहिलो साधारणसभा मा गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापा, एसएनजेडीका अध्यक्ष सोमनाथ भट्टराई, ईलाका प्रहरी कार्यालय गौराीगञ्ज का प्रमुख राकेश रेग्मी लगायत को उपस्थिति रहेको थियो भने कार्यक्रम मा एसएनजेडीको सहयोगमा अपाङ्गता सहयोग समिति का सदस्य हरुलाई बाल्टिन बितरण गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्