
फागुन २१ गौरीगञ्ज । अभियान शुरु भएको दस दिनमा गौरीगञ्जमा ७५ प्रतिशत जनताले हातीपाइले रोग बिरुद्धको औषधी सेवन गरेका छन् । आयतबार सम्म गौरीगञ्जमा २८ हजार १ सय ३७ जनाले औषधी सेवन गरेको कुरा गौरीगञ्जका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जनाएका छन् ।
गौरीगञ्ज दर्पण डटकमलाइ प्राप्त तथ्याँक अनुसार गाउँपालिका भरी १४ हजार ५ सर ४९ जना महिला र १३ हजार ५ सय ८८ जना पुरुषले हातीपाइले रोग बिरुद्धको औषधी सेवन गरेका छन् । आइतबार सम्म वडा नँ १ मा ५ हजार ९ सय ८३ जना ,वडा नँ २ मा ३ हजार ६ सय ५७ जना ,वडा नँ ३ मा ७ हजार १ सय १७ जना, वडा नँ ४ मा २ हजार ७ सय ७५ जना, वडा नँ ५ मा ३ हजार ८ सय ८० जना र वडा नँ ६ मा ४ हजार ७ सय २५ जनाले औषधी सेवन गरेका छन् । तथ्याँक अनुसार प्रतिशतका हिसाबले वडा नँ ५ मा सबै भन्दा धेरै ९३ प्रतिशतले यो औषधी खाइसकेको र वडा नँ २ मा सबै भन्दा थोरै ५५ प्रतिशतले मात्र यो औषधी खाएको देखिन्छ । तर सँख्याको हिसाबले सबै भन्दा धेरै वडा नँ ३ मा ७ हजार १ सय १७ जनाले र वडा नँ ४ मा २ हजार ७ सय ७५ जनाले मात्र यो औषधी खाएको देखिन्छ ।