भदौ ८ गौरीगञ्ज । झापाको गौरीगञ्जमा एक बृद्धको शब फेला परेको छ । वडा नँ ३ कृपालटोली निवासी अन्दाजी ७० बर्षका दयालाल सरबरियाको शब कुहिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक सरवरिया कृपालटोली स्थित जय नारायण राजवँशीको शुनसान घरको बरण्डामा एक्लै बस्दै आएको कुरा स्थानिय ले जनाएको छ । जय नारायण राजवँशी लामो समयदेखि सपरिवार रोजगारीका क्रममा भारत बस्दै आएका छन् ।
ताल्चा लागेको सो घरको बरण्डामा मृतक सरवरिया एक्लै बस्दै आएका थिए ।
बुधबार देखि हराइरहेको उनको सब आज बिहान उनि बस्दै आएको घर नजिकै स्थानिय गोपाल राजवँशीको बारीमा फेला परेको हो । बारीमा बिग्रीएको अबस्थामा रहेको मोटर छेउको झाडीबाट गन्ध आएपछी हेर्न जादा सरबरियाको शब देखे पछी खेतधनी राजवँशीले प्रहरीलाइ खबर गरेका थिए ।