बैशाख ९, गौरीगञ्ज । गौरीगञ्जमा ३ सय ८३ जनाले दोश्रो चरणको कोरोना सँक्रमण बिरुद्ध को खोप लगाएका छन् । हिजो र आज गरि १ सय १७ जना महिला र २सय ६६ पुरुष ले सो खोप लगाएका हुन् ।
गौरीगञ्ज गाउँपालिका भरिका लागि प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी मा खोप केन्द्र राखि बुधबार र बिहिबार सेवा प्रदान गरिएको थियो । बुधबार सो केन्द्रमा ३६ महिला र ६१ पुरुष ले तथा बिहिबार ८५ महिला र २०५ पुरुषले खोप लगाएको कुरा प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी का प्रमुख अनुप सेढाई ले जनाएका छन् ।
दुई दिनको लागि मात्र राखिएको सो केन्द्रमा दोश्रो चरणको खोप लिन छुटेका हरुले शुक्रबार देखि दमक अस्पताल बाट सेवा लिन सकिने कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।