असोज ७ गौरीगञ्ज । चोरी तथा अपराधिक घटना हरुको निगरानी गर्न गौरीगञ्जमा राखिएका अधिकाँश सिसि क्यामेरा हरु बिग्रिएको पाइएको छ । गौरीगञ्ज- खजुरगाछी बजारमा राखिएका २१ वटा सिसि क्यामेरा मध्ये ४ वटा मात्र चालु अवस्थामा रहेको र बाँकी १७ वटा सिसि क्यामेरा हरु बिग्रिएको अवस्थामा रहेका छन् ।

गौरीगञ्ज चोकको क्यामेरा , एनआइसी एसिया बैक अगाडिको क्यामेरा थपलिया चोकको क्यामेरा र खजुरगाछी चोकको क्यामेरा मात्र चालु अवस्थामा रहेको र बाँकी सबै क्यामेरा बिग्रिएको अवस्थामा रहेको कुरा प्रहरीले जनाएको छ ।

जडान गरिएका क्यामेरा हरु लामो समय देखि बिग्रिएको अवस्थामा रहेपनि यता तर्फ कुनै सरोकार वाला निकाय हरुले चासो लिएको पाईदैन । पछिल्लो समयमा गौरीगञ्ज बजार क्षेत्रमा चोरीका घटनाहरु मा बृद्धि हुन थालेपछि गौरीगञ्जका सिसि क्यामेरा हरुको खोजि हुन थालेको छ ।

स्थानीय युवा अशोक ताजपुरिया भन्छन् – प्रहरी र जनप्रतिनिधि हरुकै सेटिङमा गौरीगञ्जको बाटो भएर रातभरि तस्करी हुने गरेका ले जानि जानि क्यामेरा बिगारिएको हो र मर्मत गर्न चासो नदेखाएको हो । गौरीया पुल पश्चिम को सोलार बत्ती को पोल ढलेको बर्षौ भइ सक्यो तर त्यसलाई उठाएर मर्मत गरि उज्यालो बनाउन कसैले चासो देखाएको छैन – अर्का युवा भन्छन् ।

उद्योग वाणिज्य संघ गौरीगञ्जले बिहिबार बोलाएको सुरक्षा व्यवस्था सँबन्धि बैठकमा सिसि क्यामेरा को बिषयमा बोल्दै वडा नं ३ का वडाध्यक्ष श्रवण गिरीले गौरीगञ्ज खजुरगाछी बजारको सुरक्षा व्यवस्था बलियो बनाउन उद्योग वाणिज्य संघ गौरीगञ्जलाई कार्यपालिका मा मागपत्र पेश गर्न अनुरोध गरेका छन् भने वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादवले बिग्रिएका क्यामेरा हरु फेर्नु पर्ने कुरा बताएका छन् ‌ । त्यसैगरी गाउँपालिका अध्यक्ष फुलबती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवरले गौरीगञ्ज खजुरगाछी बजारका बिगरिएका सिसि क्याआश्वासनमेरा हरु तत्काल मर्मत गर्ने र अत्यावश्यक स्थानहरुमा नयाँ क्यामेरा जडान गर्ने दिएका छन् ।