१६ भदौ गौरीगञ्ज । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥हदशीमा १ महिला ३ पुरुष गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ ।
झापाको गौरीगञ्ज मा आज थप एक जनामा कोरोना सँक्रमण पुटी भएकोछ । गौरीगञ्ज गाउँपालिका ले सञ्चालन गरेको अस्पताल भवनको आइसोलेसन मा रहेका ६० बर्षिया पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्चास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् । गौरीगञ्ज १ घर भएका सँक्रमित पुरुष केहि दिन अघि भरतपुर क्यान्सर अस्पतालबाट उपचार गरेर फर्किएको कुरा र उनि क्यान्सर पिडित रहेको बुझिएको छ । गत भदौ ९ गते उनको कुरुवा बसेको ब्यक्तीमस सँक्रमण देखिएपछी दुबैजनालाइ गौरीगञ्ज गाउँपालिका ले सँचालन गरेको आइसोलेसनमा राखिएको थियो । आज क्यान्सर पिडित बिरामिमै सँक्रमण देखिएपछी उनलाइ थप उपचारका लागि भद्रपुर स्थित मेची प्रादेशिक अस्पताल पठाइएको छ । गत हप्ता सँक्रमण पुटी षभएका उनका कुरुवा पुरुष भने आज सँक्रमण मुक्त भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । गत १४ गते उनिहरुको स्वाब सँकलन गरिएको थियो ।
प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६०३ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ९० हजार १६५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।