१० भदौ, गौरीगञ्ज । प्रदेश स्तरबाट सञ्चालित सबै कोरोना अस्पतालका आइसोलेसन सेन्टरहरु भरिएपछी झापाको गौरीगञ्जमा १५ बेडको आइसोलेसन तयार पारिएको छ । आउन सक्ने सँभावित कोरोना सँक्रमितहरु लाइ आइसोलेट गरेर राख्न गौरीगञ्ज ६ खजुरगाछी स्थित नयाँ अस्पताल भवनमा सुविधा सम्पन्न १५ बेडको आइसोलेसन तयार गरिएको छ ।
आइसोलेसनमा सँक्रमित बिरामीहरुका लागि तातो पानी, पोषण युक्त खाना २ जना सुरक्षा कर्मी सहित चिकित्सकीय सेवाका लागि प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको टिम तैनाथ राखिने कुरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अनुप शर्माले बताएका छन् । सँक्रमितहरुमा जटिल लक्षण देखिए तुरन्त बिराटनगर वा धरान पठाउने ब्यबस्था मिलाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्