गौरीगञ्जमा सीमा क्षेत्रबाट लागुऔषध सहित दुइ जना समातिए

पढ्न समय: 1 मिनेट

गौरीगञ्जमा सीमा क्षेत्रबाट लागुऔषध सहित दुइ जना समातिए
कार्तिक ७ झापा । गौरीगञ्जको वडा नँ ५ स्थित सीमाबर्ती क्षेत्र फतेपुरबाट लागु औषध सहित दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगञ्ज वडा नँ ३ का बर्ष २० का सुरज कुमार महतो र बर्ष ४२ का कृष्ण महतो रहेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनिहरुको साथ बाट २५ बोतल कोरेक्स, ६ फायल नाइट्रोभेट ट्याबलेट १ थाम साइकल एक थान मोवाइल र नगद रु १ हजार फेला परेको कुरा प्रहरीले जनाएको छ ।
जिल्लाबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले सीमा क्षेत्रबाट उनिहरुलाइ नियन्त्रणमा लिएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्