भदौ ६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता सँबन्धीत वडा मै गएर बितरण गर्न बैँकहरु सहमत भएका छन् । पालिका भित्रका जेष्ठ नागरिक तथा अपाँगता भएका ब्यक्तीहरुलाइ बैँक आउन जान कठिनाइ भएकाले हरेक पटक कम्तिमा दुइ दिन बैँकहरुले सँबन्धित वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने सहमती जनाएका छन् ।
गौरीगञ्ज गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजन न्यौपाने कुँवरको पहलमा सँबन्धित बैँकहरुका प्रतिनिधिहरु बिच आज भएको छलफलमा सो सहमती भएको कुरा उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष कुँवरले जानकारी दिएकी छन् । छलफलमा बैँकका प्रतिनिधिहरुले पुर्ण अपाँगता भएका ब्यक्ती तथा ८० बर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाइ वडाका जनप्रतिनिधिहरुको समन्वयमा सँभव भए सम्म घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने सहमती भएको छ ।
पालिकाको कार्यबाहक अध्यक्ष पुजन न्यौपाने कुँवरको अध्यक्षतामा भएको छलफलमा वडाध्यक्षहरु किनालाल राजवँशी श्रवण गिरी फेका प्रसाद गिरी र बिजय सिँह गन्गाइ उपस्थित थिए भने बैँकहरुका तर्फबाट एक्सल बैँकका शाखा प्रवन्धक दयानन्द दाहाल प्राइम कमर्सियल बैँकका शाखा प्रवन्धक धर्मराज भट्टराइ र एनआइसी एसिया बैँककी शाखा प्रवन्धक मनिषा शाह उपस्थित थिए ।