असार १८, गौरीगञ्ज । गौरीगञ्जमा कपुरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिका र पालिक स्तरीय सरकारी समन्वय समिति को सहकार्य मा सम्पन्न भएको सो तालीम दुइ सिफ्टमा सम्पन्न भएको हो । पहिले सिफ्टमा असार १७ गते २६ जना सहभागी महिला हरुले सो तालीम लिएका थिए भने शनिबार ४८ जना सहभागी महिला हरुले सो सिपमुलक तालिम लिएका छन् ।

आठमौजा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न तालिममा जिल्ला सहकारी संघ झापाका कोषाध्यक्ष अर्जुन दँगालले मुख्य प्रशिक्षक का रुपमा सहभागिहरु लाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण लिएका सहभागि महिला हरुले सामुहिक रुपमा वा, व्यक्तगत रुपमा कपुरबत्ती उत्पादन गर्न चाहे बजार प्रवद्र्धन को ब्यवस्था समेत मिलाइएको कुरा प्रमुख प्रशिक्षक दँगालले बताएका छन् । यस अघि आठमौजा सहकारी कै आयोजना गरिएको कपुरबत्ती तालिम बाट सीप सिकेका केहि महिला हरुले ब्यवशायिक रुपमा कपुरबत्ती उत्पादन गर्न शुरु गरेको उनले बताए ।

तालिम मा गौरीगञ्ज क्षेत्का सहकारी अगुवा हरु कर्मा शेर्पा, सुशिल राई नगेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।