माघ २६ गौरीगञ्ज । हरेक बर्ष आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीताको मिती गौरीगञ्जमा पछी सरेको छ । आज बिहिबार देखि शुरु हुने भनिएको प्रतियोगीता फागुन ४ गते देखि शुरु हुने कुरा गौरीगञ्ज गाउँपालिकाले एक सुचना प्रकाशित गरि जनाएको छ ।

प्रतियोगीता आज बिहिबार देखि शुरु गर्ने तय भएको थियो भने बिहिबार तय भएको सो प्रतियोगीता अन्तिम समयमा आएर भोली शुक्रबार देखि गर्ने भनिएको थियो तर बेलुकी गाउँपालिकाले बिशेष परिस्थितीको कारण देखाउदै सो प्र।तियोगीता फागुन ४ गते देखि शुरु गर्ने सुचना प्रकाशित गरेको थियो ।
सुचनामा बिशेष परिस्थिती भन्दै कारण नखुलाएपनि गौरीगञ्ज माबिमा अध्ययनरत क्षात्राको आत्महत्या प्रकरणका कारण उत्पन्न परिस्थिति ले प्रतियोगीताको मिती सारिएको अनुमान गरिएको छ ।