१९ भदौ, गौरीगञ्ज । झापाको गौरीगञ्जमा फेरि समुदाय स्तरमा कोरोना सँक्रमित फेला परेको छ । आज गौरीगञ्ज वडा नँ ५ जनता चोकका एक ३२ वर्षिय पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । गत १६ गते मँगलबार वडा नँ ५ मा जोखिमयुक्त मानिएका भारत सँग सीमा जोडिएका क्षेत्रहरुको पहिचान गरि ४२ जनाको स्वाब सँकलन गरिएको थियो । आज ४२ जना मध्ये १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । बाकी ४१ जनाको रिपोर्ट नेगेटिभ आएकोछ । सँक्रमितलाइ उपचारका लागि मेचि प्रदेशिक अस्पताल पठाउने तयारी भएको बुझिएको छ ।