मदन राजवँशी मनप्रीत
कार्तिक १९ झापा । गौरीगञ्ज गाउँपालिका भित्र समुदाय स्तरमा कोरोना सँक्रमण पुष्टी भएका सकृय सँक्रमित हरुको सँख्या ९ पुगेको छ । जसमध्ये वडा नँ ३ का ५ जना, वडा नँ ५ का १ जना र वडा नँ ६ का ३ जना रहेका छन् ।
गत कार्तिक १५ गते सँक्रमण बाट मृत्यु भएका वडा न. ६ का जेष्ठ नागरिकको छोरालाइ कार्तिक ६ गते सँक्रमण पुष्टी भएको थियो । उनि गौरीगञ्ज कै कोभिड अस्पतालमा उपचाररत छन् । त्यसै गरि कार्तिक ९ गते वडा नँ ३ को गौरीगञ्ज चोकका ६३ वर्षिय पुरुष लाइ सँक्रमण पुष्टी भएको थियो । उनि पनि गौरीगञ्जकै कोभिड अस्पतालमा स्वास्थ्य लाभ गरि रहेका छन् । सोहि दिन वडा नँ ६ का ४० वर्षिय पुरुष मा सँक्रमण पुष्टी भएको थियो । उनि बिराटनगर कै एक बैँकमा कार्यरत रहेको र उनि विराटनगरमै होम आइसोलेसनमा रहेको बुझिएको छ ।
कार्तिक १४ गते वडा नँ ६ का एक पुरुषलाइ सँक्रमण पुष्टी भएको थियो । उनि खजुरगाछी मा बिका शिक्षक रहेको कुरा शिक्षा शाखा गौरीगञ्जले पुष्टी गरेको छ । त्यसै गरि कार्तिक १७ गते वडा नँ ३ का दुइ पुरुष र एक महिला मा सँक्रमण पुष्टी भएको थियो । सो दिन सँक्रमण पुष्टी भएका पुरुष बिराटनगर मा उपचाररत छन् । उनि भ्यान चालक रहेको खुलेको छ । त्यसै दिन सँक्रमण पुष्टी भएका ६५ वर्षिय पुरुष र ५० बर्षिय महिला होम आइसोलेसनमा रहेको बुझिएको छ ।
कार्तिक १८ गते वडा नँ ३ तेलकानीकी एक २७ वर्षिय महिला र वडा नँ ५ का एक १९ वर्षिय पुरुषमा सँक्रमण पुष्टी भएको छ । वडा नँ ३ कि सँक्रमित महिला दमकमा कार्यरत रहेको तर हाल घरमै आइसोलेट भएको बुझिएको छ भने वडा नँ ५ का पुरुष बिराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
त्यसो त गत कार्तिक ९ गते गौरीगञ्ज चोकका ६३ वर्षिय पुरुष सँगै वडा नँ २ का जनप्रतिनिधी सहित अन्य ७ जनाको रिपोर्ट समेत पोजेटिभ आएको थियो । तर उनिहरु गत असोज १७ गते वडा कार्यालयका सँक्रमित कृषि प्राविधिकको सम्पर्कमा आएको आधारमा गते असोज २१ गते स्वब दिएको र त्यसको १८ दिन पछी कार्तिक ९ गते बल्ल रिपोर्ट प्राप्त गरेका र उनिहरुमा लक्षण समेत नदेखिएकाले उनिहरु सँक्रमण मुक्त भइसकेको स्वास्थ्य शाखाको भनाइ छ ।
हाल सम्म गौरीगञ्जमा समुदाय स्तरका २३ सहित ५७ जनामा सँक्रमण पुष्टी भइसकेको छ जसमध्ये ४७ जना निको भइ सकेका छन् भने सँक्रमणका कारण एक जनाको मृत्यु भइसकेको छ ।