चैत १८, गौरीगञ्ज । राष्ट्रिय परिचयपत्र वितरण का लागि झापाको गौरीगञ्जमा फोटो खिच्ने कार्य शुरु भएको छ । बुधबार ४ नँबर वडा बाहेक सबै वडाहरुमा दिउसो बाट फोटो खिच्ने र फारम भर्ने काम शुरु भएको कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले बताएका छन् ।
वडा नँ १ को बालकल्याण माबि केन्द्रमा दिउसो १ बजे ७६ वर्षिय जेष्ठ नागरिक बलेकचन राजवँशीको फोटो खिचेर वडा नँ १ मा सो कार्यको औपचारिक शुरुवात गरिएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताएका छन् । सो वडामा आज पहिलो दिन ६८ जनाले सेवा पाएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताएका छन् ।
त्यसैगरी वडा नँ ३ मा पहिलो दिन ६० जनाले र वडा नँ ५ को वडा कार्यालय केन्द्र बाट ६० जनाले सेवा पाएको कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले जानकारी दिएका छन् । वडा नँ ४ मा भोलि देखि काम शुरु हुने कुरा वडा कार्यालय ले बनाएको छ । वडा नँ २ र ६ को अपडेट प्राप्त भएको छैन ।