साउन ३ गौरीगञ्ज । गौरादह तिर बाट आउदै गरेको मोटरसाइकलले पैदल यात्रीलाइ ठक्कर दिदा मोटरसाइकल चालक सहित २ जना घाइते भएका छन् । गौरादह तिर बाट गौरओगञ्ज तर्फ आउदै गरेको को ५ प ५१२२ नँबरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री बर्ष ५३ की गौरादह ८ कि सिथिरी सरबरीया र मोटर साइकल चालक गौरीगञ्ज ५ का २० वर्षिय सँगित ताजपुरिया घाइते भएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । दुर्घटना दामाबारी चोक नजिकै भएको र घाइतेहरु दुबैलाइ उपचारका लागि लाइफलाइन अस्पताल दमक पठाइएको कुरा प्रहरीले जनाएको छ ।