भदौ ७, गौरीगञ्ज । गौरीगञ्ज मा मतदाता परिचयपत्रका लागि फोटो खिच्ने काम शुरु भएको छ । निर्वाचन आयोग को साउन १६ गतेको निर्णय अनुसार देश भरिका सबै जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय हरुबाट भदौ १ गतेदेखि मतदाता परिचयपत्र को लागि फोटो खिच्ने र नामावली संकलन गर्ने परिपत्र भए अनुसार ईलाका प्रशासन कार्यालय गौरीगञ्जमा फोटो खिच्ने काम शुरु भएको हो ।
यस अघि मतदाता नामावलीमा नाम छुटेका तथा नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता परिचयपत्र बनाउन बाँकी रहेकाहरु ले नागरिकता प्रमाणपत्र सहित कार्यालय मा गई फोटो खिचाउन सक्ने कुरा इलाका प्रसाशन कार्यालय गौरीगञ्जले जनाएको छ ।
यस बाहेक ईलाका प्रशासन कार्यालय गौरीगञ्जले हेर्ने क्षेत्रमा बसाइ सराइ गरि आएका तथा नामावली मा त्रुटि भएका नागरिकहरु ले समेत ईलाका प्रसाशन कार्यालय गौरीगञ्जमा गई मतदाता परिचयपत्र का लगि फोटो खिच्न तथा नामावली अध्यावधिक गर्ने सक्ने कुरा बनाइएको छ ।