पुस २५ गौरीगञ्ज । गौरीगञ्ज मा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा नँ ६ स्थित कोभिड अस्पतालको प्राँगणमा शनिबार सम्पन्न एक दिवसीय स्वास्थ्य शिबिरबाट करिब ६ सय जना बिभिन्न रोगका पिडितहरु लाभान्वित भएका छन् । गौरीगञ्ज गाउँपालिका र वर्क फर नेपालको सँयुक्त आयोजनामा सम्पन्न भएको शिबिरमा निम्स इन्टरनेशनल अस्पताल दमक र मेची आखा अस्पतालले प्राबिधिक सहयोग गरेको थियो ।
शिबिरमा आँखा, दाँत रोग तथा बिभिन्न फिजिसियन सेवा प्रदान गरिएको थियो । निम्स अस्पतालका डा. नविनकुमार सिँह, डा. गुरु पौडेल, डा. नबनित कुमार झा, डा. यासिका लिम्बु, डा. सुरेश यादव, लगायतले बिशेषज्ञ सेवा प्रदान गरेका थिए भने मेची आँखा अस्पताल का आउटरिच अफिसर कबिता कार्की, सिनियर अप्थाल्मिक असिस्टेन्ट प्रभा राउत र लचुङ् तामाङ सिनियर आइ हेल्थ वर्कर नेत्रा अधिकारी, अनु कार्की, आँखा उपचार सेवा प्रदान गरेकाथिए ।आखा उपचारका क्रममा करिब ६० जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनिहरुको निशुल्क अप्रेधनका लागि उनिहरुलाइ बिर्तामोड लगिने कुरा अस्पतालको आउटरिच अफिसर कार्कीले बताए ।
वर्क फर नेपालका अध्यक्ष तिलक चन्द्र अधिकारी को सभापतित्वमा भएको शिबिर समापन समारोहमा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, निम्स अस्पतालका सचिब मोहन कार्की हेल्पिङ हेन्डसका जिबा पोख्रेल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत राजु दाहाल, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, प्रास्वाके प्रमुख अनुप सेढाइ कोभिड अस्पतालका मेसु नबिन आचार्य लगायतको उपस्थिति थियो ।