जेठ ३ गौरीगञ्ज । मतपरिणाम मा बिबाद पछि सोमबार बिहान देखि रोक्किएको गौरीगञ्ज गाउँपालिका को मत गणना बुधबार देखि शुरु हुने भएको छ । स्थानीय स्तरबाट सहमति जुट्न नसकेपछि मँगलबार बेलुकी झापाका प्रमुख जिल्ला अधिकारी सहित विभिन्न राजनैतिक दलका जिल्ला स्तरीय नेताहरुको उपस्थितिमा गरिएको सर्वदलीय बैठक ले बुधबार बिहान ८ बजेदेखि मत गणना शुरु गर्ने निर्णय गरेको हो ।
बैठकले वडा नं. १ को हकमा पुन: मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालय गौरीगंजमा निवेदन परि माग गरिएकोले सो वडाको मत गणना थाति राखेर वडा नं. २ देखि ६ नं सम्मको मत गणना कार्य समाप्ति पछि विवादित केन्द्र वडा नं. १ को वडा अध्यक्ष पदको मात्र पुन मतगणना गर्ने भनि समेत निर्णय गरेको छ । मँगलबार नेकपा माओवादी केन्द्र, काँग्रेस लगायतका दलहरुले पुन मतगणना गराइपाउँ भनि निर्वाचन अधिकृत को कार्यालय मा निवेदन दिएका थिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, काँग्रेस का जिल्ला सभापति देउमान थेवे, एमालेका जिल्ला अध्यक्ष दिपक कार्की माओवादी का तर्फ बाट राजु आचार्य अग्नि, जनता समाजबादी का तर्फबाट दिपेन वाला राई तथा काँग्रेस एमाले माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी का स्थानीय प्रतिनिधि लगायत स्वतन्त्र उम्मेदवार प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।