१७ भदौ, गौरीगञ्ज । बुधबार झापा गौरीगञ्जमा फेरि एक सँक्रमित थपिएका छन् । गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन मा बसेका २५ वर्षिय पुरुषमा आज सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् । गौरीगञ्ज वडा नँ २ का उनि केहिदिन अघि भारतको बेङ्गलोर बाट आएर गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन मा बसेका थिए । सँक्रमण पुष्टी भएपछी उनलाइ क्वारेन्टाइन बाट आइसोलेसनमा सारिएको छ । उनको स्वाब भदौ १४ गते सँकलन गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्