• माघ १२, २०७७
  • Madan Rajbanshi
  • 0

माघ १२ गौरीगञ्ज ।‌ झापाको गौरीगञ्ज बजार मा पहिलो पटक आँखा उपचार क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित बिर्तामोड आँखा अस्पताल र दमक स्थित बिर्ताज्योति आँखा अस्पताल ले गौरीगञ्ज शाखाको रुपमा सो उपचार क्लिनिक सञ्चालनमा ल्याएको हो । गत माघ ५ गतेदेखि नै गौरीगञ्जमा सो उपचार केन्द्र सञ्चालनमा आएपनि सोमबार एक कार्यक्रमको आयोजना गरि सो उपचार केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ ले रिबन काटेर सो उपचार केन्द्र को उद्घाटन गरेका छन् ।

उद्घाटन गरिदै

सो उपचार क्लिनिक मा डा. राजेश प्रधानको साप्ताहिक बिशेषज्ञ सेवा सहित बरिष्ठ नेत्र अधिकृत मोति बराल लगायतका चिकित्सकहरु बाट दैनिक आँखा जाँच, माइनर अप्रेसन र अप्टिकल सेवा उपलब्ध रहेको कुरा अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष डा. राजेध प्रधानको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वडाध्यक्ष हरु मखना महतो, बद्रि नारायण यादव बिजय सिंह गन्गाई, स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र, उद्योग वाणिज्य संघ गौरीगञ्जका सचिव श्रवण गिरी इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले गौरीगञ्जमा पहिलो पल्ट आँखाको उपचार केन्द्र सञ्चालनमा आएकोमा खुशी ब्यक्त गर्दै अस्पताल ले गुणस्तरीय सेवा प्रदान गर्नु पर्ने मा जोड दिएका थिए । उनले भविश्यमा जटिल प्रकारका शल्यकृया सेवा समेत सञ्चालन मा ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रम समापन गर्दै सभापति डा. प्रधान ले भबिश्यमा जटिल सल्यक्रिया सेवा समेत प्रदान गर्ने अस्पतालको लक्ष्य रहेको बताएका थिए ।
क्लिनिक सञ्चालनमा आएको उपलक्षयमा माघ १७ गते सम्मका लागि निशुल्क ओपिडी सेवा सहित अन्य सेवा र औषधी तथा चश्मा २० प्रतिशत छुट दिइएको कुरा अस्पतालका प्रसासनिक अधिकृत सुनिल दाहालले बताएका छन् । कार्यक्रम को सहजिकरण बिनोद दाहाल ले गरेका थिए ।