भदौ २६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । राष्ट्रिय शिक्षा दिवस मनाउने सन्दर्भमा गाउँपालिकाले असोज २ गते बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शिक्षामा प्रबिधिको प्रयोग शिर्षकमा गाउँपालिकाले बिद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेको कुरा गाउँपालिकाले एक सुचना प्रकाशित गरि जानकारी दिएको छ । प्रतियोगितामा पालिका भित्र सञ्चालित माध्यमिक तहका निजि तथा सामुदायिक बिद्यालयहरु भाग लिन सक्ने छन् भने प्रथम द्वितिय र तृतिय हुने प्रतियोगिले क्रमश रु ५ हजार, ४ हजार र ३ हजार नगद प्रमाणपत्र र मेडल सहितको पुरस्कार जित्न सक्ने छन् भने सान्त्वना पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।
सोहि अबसरमा गाउँपालिकाले सामुदायिक बिद्यालयका जग्गादाता तथा अबकाश प्राप्त शिक्षकहरुलाइ सम्मान र उत्कृष्ट जिपिए सहित एसइइ उतिर्ण हुने बिद्यार्थीहरुलाइ पुरस्कृत गर्ने कुरा गाउँपालिकाले जनाएको छ