माघ २२ गौरीगञ्ज । नेकपा माधब-प्रचण्ड समुहले घोषणा गरेको आम हडतालको गौरीगञ्जमा आंशिक रूपमा मात्र प्रभाव परेको छ । गौरीगञ्जको गौरीगञ्ज बजार र खजुरगाछी बजारका अधिकांश पसलहरु खुल्ला रहेका छन् भने गाउँपालिका कार्यालय, वडा कार्यालय हरु, ईलाका प्रशासन कार्यालय लगायतका सरकारी कार्यालय हरु र बित्तिय संस्था हरु समेत खुल्ला रहेका छन् निर्माण सामग्री बोकेका टिप्पर ट्याक्टर लगायत सिटि सफारी र सर्वसाधारण हरुका मोटरसाइकलहरु निर्वाध रुपमा सडकहरुमा गुडिरहेका छन् ।
सार्वजनिक बस शैक्षिक सँस्थाहरु भने पुर्ण रुपमा बन्द छ ।