२० साउन झापा । केहि दिन अघि सँक्रमण मुक्त भएको झापाको गौरीगञ्ज गाउँपालिकामा आज मँगलबार फेरी २ जना नयाँ सँक्रमित फेला परेका छन् । गौरीगञ्ज वडा नँ ५ का २२ र ४४ बर्षका दुइ पुरुषहरुमा कोरोना सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् । गत १८ गते क्वारेन्टाइन मा रहेका ३४ जनाको स्वाब सँकलन गरि पठाएकोमा २ जनाको रिपोर्ट पोजेटिभ। आएको हो । गत साउन १७ गते गौरीगञ्जका सबै सँक्रमित हरु निको भएर गौरीगञ्ज क्षेत्र सँक्रमण मुक्त भएको थियो ।
सँक्रमितहरु भारतबाट आएर नयाभ अस्पतालको क्वारेन्टाइन मा बसेको र उनिहरु लाइ उपचारका लागि मेची प्रादेशीक अस्पताल भद्रपुरको आइसोलेसन सेन्टर पठाउने तयारी गरिएको कुरा क्वारेन्टाइन सँयोजक अनुप जनाएका छन् ।