गौरीगञ्जमा पहिलो पटक खुल्यो आँखा उपचार क्लिनिक

माघ ८ गौरीगञ्ज ।‌ झापाको गौरीगञ्ज गाउँपालिका मा पहिलो पटक आँखा उपचार क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित बिर्तामोड आँखा अस्पताल र दमक स्थित बिर्ताज्योति आँखा अस्पताल ले गौरीगञ्ज शाखाको रुपमा सो उपचार क्लिनिक सञ्चालनमा ल्याएको हो ।

क्लिनिक


गत माघ ५ गतेदेखि सञ्चालनमा आएको सो उपचार क्लिनिक मा डा. राजेश प्रधानको साप्ताहिक बिशेषज्ञ सेवा सहित बरिष्ठ नेत्र अधिकृत मोति बराल लगायतका चिकित्सकहरु बाट दैनिक आँखा जाँच, माइनर अप्रेसन र अप्टिकल सेवा उपलब्ध रहेको कुरा अस्पतालले जनाएको छ ।
क्लिनिक सञ्चालनमा आएको उपलक्षयमा माघ १७ गते सम्मका लागि निशुल्क ओपिडी सेवा सहित अन्य सेवा र औषधी तथा चश्मा २० प्रतिशत छुट दिइएको कुरा अस्पतालका प्रसासनिक अधिकृत सुनिल दाहालले बताएका छन् । भविष्यमा सबै प्रकारका शल्यकृया सेवा समेत गौरीगञ्जमै उपलब्ध गराउने लक्ष्य रहेको उनले बताएका छन् ।

अघिल्लो लेखमारँगेलीमा पाचौँ सहिद दिवस मनाइयो
अर्को लेखमाभन्सार छलि ल्याएका ५० बोरा चिनि बरामद