गौरीगञ्जमा पनि समुदाय स्तरमा देखियो कोरोना : सिसिएमसीको आपतकालिन बैठक जारी

पढ्न समय: 2 मिनेट

गौरीगञ्जमा पनि समुदाय स्तरमा देखियो कोरोना । सिसिएमसीको आपतकालिन बैठक जारी
४ भदौ झापा । गौरीगञमज गाउँपालिकामा पनि समुदाय स्तरमा एक जनामा कोरोनासँक्रमण पुष्टी भएको छ । गत साउन ३२ गते उद्योग वाणिज्य सँघ गौरीगञ्जको पहलमा समुदाय स्तरको ६१ जनाको स्वाब सँकलन गरि पठाएकोमा आज १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गौरीगञ्ज वडा नँ ६ का ३० वर्षिय पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । सँक्रमितको कुनै ट्राभल हिस्ट्रि नभएको कुरा उनले बताएकाछन् ।

सँक्रमित पुरुषको अबस्था सामान्य रहेको कुरा सँक्रमित पुरुषले गौरीगञ्ज दर्पणलाइ बताएका छन् । आफु र बुवा दुबैले स्वाब दिएको तर बुवाको रिपोर्ट नेगेटिभ आएको कुरा उनले बताएकाछन् । सँक्रमित को कन्ट्रयाक्ट ट्रेडिङ आजैदेखि शुरु गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।

- Advertisement -
Ad image


समुदाय स्तरमै सँक्रमण पुष्टी भएपछी अहिले पालिका स्तरिय कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सिसिएमसि) को आपतकालिन बैठक चलिरहेको र आगामी रणनितिको बारेमा केहिबेरमा निर्णय सार्बजनिक गरिने कुरा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जनाएकाछन् ।

यो सहित आज प्रदेश १ मा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसारआज कासँक्रमितहरु मध्ये २९ पुरुष र १३ महिला छन्
झापामा १ , सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटामा १ तथा प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्