
साउन ११ गौरीगञ्ज । झापामा सँक्रमण दर बढ्दै गएको र सँक्रमण को चक्र तोड्न झापाका स्थानिय तहहरुले धमाधम लकडाउन गर्न थालेपछि वडा नँ १ को कार्यालय ले ए गौरीगञ्ज गाउँपालिका मा पनि लकडाउन गर्न गाउँपालिका लाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
वडाध्यक्ष कार्तिक लाल राजवंशी को अध्यक्षतामा आज बसेको वडा समितिको बैठक ले सो निर्णय गरेको हो । झापामा सँक्रमण दर बढेसँगै गौरीगञ्जमा समेत सँक्रमण बढ्न थालेको र वडा नँ १ पनि सँक्रमण को उच्च जोखिममा रहेकाले सो निर्णय गरिएको कुरा वडाध्यक्ष राजवंशी ले बताए । सँक्रमण दर बढ्न थालेपछी गौरीगञ्जका छिमेकी पालिजाहरु गौरादह र शिवसताक्षी मा समेत लकडाउन को निर्णय भइसक्दा गौरीगञ्ज गाउँपालिकाको सीसीएमसी र स्वास्थ्य शाखाको ध्यान यता तिर केन्द्रित नभएकाले ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताए ।
