गौरीगञ्जमा पनि मनाइयो लागु पदार्थ तथा अबैध तस्करी बिरुद्धको दिबसमा

असार ११ गौरीगञ्ज । अन्तराष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी बिरुद्धको दिबसको अबसरमा गौरीगञ्जमा सचेतना र्याली निकालिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ को आयोजना तथा इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको अगुवाइमा सचेतना र्याली निकालिएको हो ।

सोमबार बिहान ११ बजे गौरीगञ्ज माबिको प्राङ्गनबाट निकालिएको र्यालीमा गौरीगञ्ज क्षेत्र भित्रका बिभिन्न सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी शिक्षक तथा सुरक्षाकर्मीहरु र जनप्रतिनिधिहरु को सहभागिता रहेको थियो ।

गौरीगञ्ज र खजुरगाछी बजार परिक्रमा गरेर र्याली इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्राङ्गणमा सचेतना सभामा परिणत भएको थियो ।
कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपेन्द्र थापा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिजय कार्की सशस्त्र प्रहरी बल खजुरगाछीका प्रहरी निरीक्षक बिकाश न्यौपाने रेडक्रस गौरीगञ्जका सभापती यादव रीजाल उद्योग बाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतो लगायत बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु उपस्थित रहेका थिए । बक्ताहरुले लागु पदार्थ सेवनका असर अबैध ओसार पसार तथा सेवन बाट समाजलाइ पर्ने नकारात्मक असर तथा कानुनी ब्यवस्थाका बारेमा बोलेका थिए ।

अघिल्लो लेखमाजन्मसिद्धका सन्तानले बँशजको नागरिकता लिन के के कागजात चाहिन्छ ? जानिराखौ
अर्को लेखमासवारी दुर्घटना हुँदा दुईको मृत्यु