चैत २४ गौरीगञ्ज । सचेतना मुलक कार्यक्रमहरु गरेर गौरीगञ्ज गाउँपालिकामा ७५औँ बिश्व स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य दिबसको अबसर पारेर गाउँपालिका अध्यक्ष फुलबत्ती राजवँशी लगायत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले ५ बुँदे प्रतिबद्धता समेत जारी गरेका छन् ।

म रक्सी चुरोट र सुर्ती जन्य पदार्थ खान्न । म नियमित ब्यायाम गर्छु । म स्वस्थ्य र पोसिलो खाना खान्छु । म नियमित स्वास्थ्य परिक्षण गराउँछु । र म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु जस्ता ५ बुँदे प्रतिबद्धता पत्रमा अध्यक्ष राजवँशी लगायत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य दिबसको अबसरमा आयोजित औपचारिक कार्यक्रममा सरुवा नहुने दिर्घ रोग तथा ति रोगबाट बच्ने उपाय सँबन्धी स्वास्थ्य शखा प्रमुख रामचन्द्र मिश्रद्वारा सचेतना दिइएको थियो । कार्यक्रमकै मौका पारेर अनिबार्य अबकास प्राप्त गरेका एक जना स्वास्थ्यकर्मी र ४ जना स्वास्थ्य स्वयम् सेबिकालाइ सम्मानपत्र सहित बिदाइ गरिएको छ । २०४६ साल देखि निरन्तर सेवारत स्वास्थ्य स्वयम् सेबिकाहरु सामबत्ती राजवँशी निर्मला राइ साबित्रा राजवँशी तथा २०६६ सालदेखि निरन्तर सेवारत स्वयम सेबिका फुल कुमारी राजवँशीले उमेर हदका कारण अनिबार्य अबकास पाएकोमा दोसल्ला र सम्मान पत्र सहित बिदाइ गरिएको छ भने अनिबार्य अबकास पाएका महाभारा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब फगेन्द्र अधिकारी लाइ समेत सम्मान पत्र र दोसल्ला ओढाएर बिदाइ गरिएको छ । बिदाइको अबसरमा भाबुक हुँदै सिनियर अहेब अधिकारीले आफ्नो जागिरे जीवनका उतार चढावहरु सुनाएका थिए । २०४१ सालबाट सेवा प्रवेश गरेका अधिकारीले २०७६ साल देखि सिनियर अहेबका रुपमा महाभारा स्वास्थ्य चौकीमा सेवारत थिए ।

gd

कार्यक्रममा अध्यक्ष राजवँशी लगायत प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ अधिकृत बिरेन्द्र खड्का अधिकृत नारायण चँदारा लेखा प्रमुख शुष्मा कोइराला लगायत बिभिन्न स्वास्थ्य केन्द्रका प्रमुखहरु स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयम् सेबिकाहरुको उपस्थिती रहेको थियो ।