पुस ३ झापा । अन्तराष्ट्रिय आप्रवासन मजदुर दिवस को उपलक्ष्यमा गौरीगञ्जमा दीप प्रज्वलन गरिएको छ । आप्रबासी मजदुर सुचना केन्द्र शाखा गौरीगञ्जको आयोजनामा केन्द्रको शाखा कार्यालयमा एक औपचारीक कार्यक्रम को आयोजना गरि दीप प्रज्वलन गरिएको हो ।
केशब कटुवाल को सभापतित्व र भएको कार्यक्रममा शाखाकी प्रमुख काउन्सेलर पुजन न्यौपानेले शाखाको बार्षिक प्रगति बिबरण प्रस्तुत गरेकी थिइन् । शाखाले हाल सम्म बैदेशिक रोजगार का लागि जान चाहने ६ सय जनालाइ उचित परामर्श प्रदान गरेको, बैदेशिक रोजगार का क्रममा भएका २५ वटाघटना दर्ता गरेको, कोरोना महामारीका कारण बिदेशमा अलपत्र परेका १ बिरामी सहित ८ जनाको उद्दार गर्न सफल भएको, बैदेशिक रोजगार का क्रममा बिदेशमा मृत्यु भएका ३ जनाको सब नेपाल ल्याउन सफल भएको तथा मृतक का परिवारलाइ ४९ लाख क्षतिपुर्ति दिलाउन सफल भए लगायत हालसम्म अन्य कामहरु गर्न सफल भएको बताएकी छन् ।
ईलाका प्रशासन कार्यालय गौरीगञ्जका निमित्त प्रमुख सुर्यमान बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले बैदेशिक रोजगार मा जान चाहने कोहिले सिप सिकेर र उचित परामर्श लिएर मात्र जान हुने कुरा बताएका थिए ।