गौरीगञ्जमा नमुना युवा गाउँसभा अभ्यास सम्पन्न

पढ्न समय: 1 मिनेट

असार २१ झापा । गौरीगञ्ज गाउँपालिकामा नमुना युवा साँसद अभ्यास अन्तर्गत नमुना युवा गाउँसभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समिती गौरीगञ्ज गाउँपालकाको आयोजना र नेश्नल टेक्निकल इन्स्टिच्युट प्रालिको सहजिकरणमा सो अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

बिहिबार गौरादह ८ स्थित प्रभु सेवा सदनको हलमा शुरु भएको अभ्यास कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा गौरीगञ्जका ४ वटा बिद्यालयहरुमा कक्षा ११ र १२ मा अध्ययनरत करिव ३० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अभ्यास कार्यक्रमको पहिलो दिन प्रशिक्षकहरु मनोज तिवारी र प्रवेश बस्ताकोटीले सहभागि बिद्यार्थीहरुलाइ स्थानिय सरकार सञ्चालन र गाउँसभा सञ्चालन सँबन्धी प्रशिक्षण दिएका थिए । दोश्रो दिन बिद्यार्थीहरुलाइ नमुनाका रुपमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुको भुमिकामा छनौट गरि उनिहरुबाट नमुना गाउँसभा सञ्चालन गरिएको थियो । नमुना गाउँसभा अभ्यासमा उनिहरुले बार्षिक निति तथा कार्यक्रम देखि लिएर बजेट तथा बिभिन्न ऐनहरु पारीत गर्ने अभ्यास गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती सँयोजक पुजन न्यौपाने कुँवर र न्यायिक समिती सदस्यहरु गँगा राजवँशी र राधा अधिकारीको रोहबरमा उनिहरुले नमुना गाउँसभा अभ्यास गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्