गौरीगञ्जमा थप २ जनामा कोरोना सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट


भदौ २३ गौरीगञ्ज । गौरीगञ्जमा थप २ जनामा कोरोनासँक्रमण पुष्टी भएको छ ।‌ भारतबाट आएर गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन मा बसेका १ महिला र १ पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् । सँक्रमित हरु गौरीगञ्ज वडा नँ १ का १९ वर्षिय पुरुष र ४० बर्षिया महिला रहेका बुझिएको छ । भदौ १९ गते सो क्वारेन्टाइन मा रहेका २२ जना सहित २७ जनाको स्वाब सँकलन गरिएकोमा हिजो २३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने ४ जनाको रिपोर्ट होल्डमा राखिएको थियो । आज ढिलो गरि प्राप्त ४ जनाको रिपोर्ट मध्ये २ को नेगेटिभ र २ को पोजिटिभ आएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्