झापाको गौरीगञ्ज मा आज थप एक जनामा कोरोना सँक्रमण पुटी भएकोछ । गौरीगञ्ज गाउँपालिका ले सञ्चालन गरेको अस्पताल भवनको आइसोलेसन मा रहेका ६० बर्षिया पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्चास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् । गौरीगञ्ज १ घर भएका सँक्रमित पुरुष केहि दिन अघि भरतपुर क्यान्सर अस्पतालबाट उपचार गरेर फर्किएको कुरा र उनि क्यान्सर पिडित रहेको बुझिएको छ । गत भदौ ९ गते उनको‌ कुरुवा बसेको ब्यक्तीमसा सँक्रमण देखिएपछी दुबैजनालाइ गौरीगञ्ज गाउँपालिका ले सँचालन गरेको आइसोलेसनमा राखिएको थियो । आज क्यान्सर पिडित बिरामिमै सँक्रमण देखिएपछी उनलाइ थप उपचारका लागि भद्रपुर स्थित मेची प्रादेशिक अस्पताल पठाइएको छ । गत हप्ता सँक्रमण पुटी भएका उनका कुरुवा पुरुष भने आज सँक्रमण मुक्त भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । गत १४ गते उनिहरुको स्वाब सँकलन गरिएको थियो ।