१८ साउन गौरीगञ्ज । गौरीगञ्जका बिभिन्न स्थानहरुमा ट्राफिक चिन्ह र सो को नियम र जानकारी सहितको होडिङ बोड राखिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ को सहयोगमा ट्राफिक पोस्ट गौरीगञ्जले मानिसको चहलपहल हुने बिभिन्न स्थानमा होडिङ बोर्डराखेको हो।

आजै गौरीगञ्ज ट्राफिक सक्रियतामा बजार भरी सन्देश तथा जानकारी मुलक पर्चा पम्प्लेट बाडिएको छ । बजार क्षेत्र भित्र विभिन्न ब्यापारी,सर्बसाधरन,कर्मचारीहरुलाइ लकडाउन खकुलो भएपनि सामाजिक दुरि कायम गर्दै सार्बजानिक स्थल वा कार्यलय मा जादा अनिवार्य माक्स र पन्जा को प्रयोग गर्न अनुरोध गर्दै प्रचा पम्प्लेट बितरन गरिएको कुरा ट्राफिक इन्चार्ज साजन कार्कीले बताएकाछन् ।