
चैत, २५ गौरीगञ्ज । गत चैत २३ गतेदेखि जारी गौरीगञ्ज गाउँपालिका को १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगिता मा १५ बिधामा छात्र र छात्रा का लागि छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।
१ सय मिटर दौडको छात्र तर्फ खजुरगाछी माबिका अरुण राजवँशी प्रथम, बालकल्याण माबिका बिजय सहनी द्वितीय भएका छन् । १ सय मिटर दौडको छात्रा तर्फ -आदर्श माबिकी बिनिशा कार्की प्रथम, देवकोटा माबि की करुणा राजवँशी द्वितीय र ,गौरीगञ्ज माविकी रेखा महतो तृतिय भएकी छिन् ।
२ सय मिटर दौडको छात्र तर्फ खजुरगाछी माबिका अरुण राजवँशी प्रथम, ज्ञानकुञ्ज का साहेब टुडु द्वितीय र गौरीगञ्ज माबिका आशिस राजवंशी तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ खजुरगाछी माबिकी रुपदाना खातुन प्रथम, आदर्श माविकी आकृति अधिकारी द्वितीय र न्यु युनिभर्सल की दिपिका राजवँशी तृतिय भएकी छिन् ।
४ सय मिटर दौडको छात्र तर्फ बालकल्याण माबिका लेभी सोरेन प्रथम, क्रिमसनका पँकज राजवँशी द्वितीय र ज्ञानकुञ्ज का विकास मण्डल तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ क्रिमसनकी कबिता सोरेन प्रथम, ज्ञानकुञ्ज की सँस्कृति परियार द्वितीय र स्नोह्वाइटकी बर्षा साह तृतीय भएकी छिन् ।
८ सय मिटर दौडको छात्र तर्फ गौरीगञ्ज माबिका अर्जुन टुडु प्रथम, बालकल्याण का लेभी सोरेन द्वितीय र ज्ञानकुञ्ज का महेश मर्डी तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ युनिभर्सल की मरियम मुर्मु प्रथम, आदर्श माविकी कबिता किस्कु द्वितीय र स्नोह्वाइटकी रिम्पी राजवंशी तृतीय भएकी छिन् ।
१५ सय मिटर दौडको छात्र तर्फ बालकल्याण का सुफल हास्दा प्रथम, युनिभर्सल का महेश गिरी द्वितीय र ज्ञानोदय का काशीराम ताजपुरिया तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ स्नोह्वाइटकी शुभेच्छा सुब्बा प्रथम, खजुरगाछी माविकी पार्वती हास्दा द्वितीय र बालकल्याण की करुणा राजवंशी तृतीय भएकी छिन् ।
३ हजार मिटर दौडको छात्र तर्फ युनिभर्सल का महेश गिरी प्रथम, आदर्श माबिका अर्जुन हास्दा द्वितीय र खजुरगाछी माबिका शिसास सोरेन तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ युनिभर्सल की मरियम मुर्मु प्रथम, आदर्श माविकी कविता किस्कु द्वितीय र गौरीगञ्ज माविकी मोनिका श्रेष्ठ तृतीय भएकी छिन् ।
लङ्ग जम्पमा छात्र तर्फ खजुरगाछी माबिका अरुण राजवंशी प्रथम, आदर्श माबिका अर्जुन हास्दा द्वितीय र स्नोह्वाइटका शेषराज ताजपुरिया तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ गौरीगञ्ज माविकी सपना पासवान प्रथम, आदर्श माविकी आकृति अधिकारी द्वितीय र ज्ञानकुञ्ज की रिया साह तृतीय भएकी छिन् ।

हाई जम्पमा छात्र तर्फ आदर्श माबिका अर्जुन हास्दा प्रथम, ज्ञानकुञ्ज का मनिष साह द्वितीय र युनिभर्सल का मेघराज सिँह तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ आदर्श माविकी जसोदा ठाकुर प्रथम, न्यु युनिभर्सल की दिपिका राजवंशी द्वितीय र बालकल्याण की बिना राजवंशी तृतीय भएकी छिन् ।
सर्टपुट मा छात्र तर्फ ज्ञानकुञ्ज का दिवस गौतम प्रथम, युनिभर्सल का श्याम राजवंशी द्वितीय र गौरीगञ्ज माविका दिपिन धिमाल तृतीय भएका छन् त्यसैगरी युनिभर्सल की जस्मिता राजवंशी प्रथम, ज्ञानकुञ्ज की रिया साह द्वितीय र देबकोटाकी सुप्रिया यादव तृतीय भएकी छिन् ।
ज्याबलिङ् थ्रो मा छात्र तर्फ ज्ञानोदयका काशीराम ताजपुरिया प्रथम र क्रिमसनका राकेश राजवंशी द्वितीय भएका छन् त्यसैगरी छात्रा तर्फ ज्ञानकुञ्ज की एलिसा बिश्वास प्रथम, गौरीगञ्ज माविकी रुपा माझि द्वितीय र देवकोटा की प्रियंका यादव तृतीय भएकी छिन् ।

ट्रिपल जम्पमा छात्र तर्फ युनिभर्सल का मेघराज सिँह प्रथम, गौरीगञ्ज माबिका आशिस राजवंशी द्वितीय र बालकल्याण का बिजय सहनी तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ आदर्श माविकी आकृति अधिकारी प्रथम, न्यु युनिभर्सल की दिपिका राजवंशी द्वितीय र युनिभर्सल की मरियम मुर्मु तृतीय भएकी छिन् ।
४ × १ सय मिटरको रिले दौडमा छात्र तर्फ खजुरगाछी माबि प्रथम, गौरीगञ्ज माबि द्वितीय र बालकल्याण माबि तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ बालकल्याण मावि प्रथम, स्नोह्वाइट द्वितीय र ज्ञानकुञ्ज तृतीय भएका छन् ।
४ × ४ सय मिटरको रिले दौडमा छात्र तर्फ गौरीगञ्ज माबि प्रथम, युनिभर्सल द्वितीय र ज्ञानकुञ्ज तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ स्नोह्वाइट प्रथम, आदर्श मावि द्वितीय र खजुरगाछी माबि तृतीय भएका छन् ।
भलिबलमा छात्र तर्फ देबकोटा प्रथम, ज्ञानोदय द्वितीय र गौरीगञ्ज माबि तथा युनिभर्सल तृतीय भएका छन् त्यसैगरी छात्रा तर्फ देबकोटा प्रथम, ज्ञानोदय द्वितीय र गौरीगञ्ज मावि तथा युनिभर्सल तृतीय भएका छन् ।
कबड्डी मा छात्र तर्फ ज्ञानोदय प्रथम, युनिभर्सल द्वितीय र बालकल्याण तथा देवकोटा तृतिय भएका छन् भने छात्रा तर्फ युनिभर्सल प्रथम, बालकल्याण द्वितीय र खजुरगाछी माबि तथा ज्ञानकुञ्ज तृतीय भएका छन् ।
बिजेता बिद्यार्थी हरुलाइ ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र थापा र शिक्षा शाखाका अधिकृत सुशील दाहाल ले बिजेता बिद्यार्थी हरुलाइ ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । १५ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने खेलाडी हरुले जिल्ल स्तरिय प्रतियोगिता मा प्रतिस्पर्धा गर्न पाउने छन् ।