साउन ३० गौरीगञ्ज । हुलाकी सडक निर्माण का क्रममा वडा नँ ३ मा सडक मापदण्ड भित्र परेका केहि पहुँचवाला हरु को घर जग्गा खालि गराउन नसकेको गौरीगञ्ज गाउँपालिका ले वडा नँ ६ मा भने सडक मापदण्ड अनुसार केन्द्र बाट १५ मिटर छोडेर घर बनाउन लागेका केहि जग्गा धनिहरुलाई घर बनाउन रोक्का गरेको छ ।
वडानँ ६ खजुरगाछी मा कालोपत्रे भइसकेको हुलाकी सडक को केन्द्रबिन्दु बाट १५ मिटर छोडेर र बनिसकेको सडकको नालाबाट ७५ सेमी छोडेर बाकी रहेको निजि जग्गामा घर बनाउन शुरु गरेका स्थानिय मोहोनी देवी शाह, राजेश शाह र जयनारायण दास लाई गाउँपालिका ले रोक्का पत्र थामाएको हो ।
हामी ले सडक मापदण्ड अनुसार केन्द्र बाट १५ मिटर र बनिसकेको सडकको नालाबाट ७५ सेन्टिमिटर छोडेर घर बनाउदैछौ । तर पनि काम शुरु गर्ने बितिकै काम रोक्न प्रहरी पठाइहाल्छ – स्थानिय मोहनी देवी साहले गुनासो गरिन् । हामीले आफ्नो जग्गामा घर बनाउन नपाउनु ? – उनले उल्टै प्रतिप्रश्न गरिन् । स्थानिय जयनारायण दास का अनुसार गत बर्ष सोहि मापदण्ड अनुसार त्यहि नजिकै स्थानिय रोशन दासले घर बनाउदा कोहि रोक्न नआएको तर हामीले घर बनाउदा हामी लाई रोक्का पत्र थामाएको छ । एउटै पालिका भित्र एउटै ठाउँमा छुट्टा छुट्टै नियम हुन्छ र ? – उनले प्रश्न गरे ।
यस अघि गौरीगञ्जकै वडा नँ ३ का वडाध्यक्ष मखना महतोले गत बर्ष हुलाकी सडक को नाला टसाएरै घर बनाएका छन् । वडाध्यक्ष ले त्यसरी घर बनाउदा कसैले नरोक्ने तर हामी ले घर बनाउदा हामी लाई रोक्ने यो कस्तो स्थानिय सरकार हो ? पहुचवाला लाई एउटा नियम र पहिच नहुनेलाई अर्को नियम लगाउन खोज्ने कस्तो सरकार ? – पिडित हरुले गुनासो गरे । त्यति मात्र हैन, वडा नँ ३ मा वडाध्यक्ष महतोको दाजु अशोक महतोको घर जोगाउन त्यहा सडक नै मापदण्ड बिपरित साँघुरो बनाइएको छ भने नाला समेत बङ्ग्याएको छ ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ का अनुसार वडा नँ ६ को कार्यालय ले घर निर्माण रोक्का गर्न गाउँपालिका लाई पत्राचार गरेकाले उनिहरुलाई रोक्का पत्र पठाएको कुरा बताए । यस बारे आगामी कार्यपालिका बैठकमा छलफल गरेर निकास निकाल्ने कुरा बताए ।
वडा कार्यालय ले साउन २४ गते यसबारे छलफल गर्ने भनेपनि सो दिन छलफल का लागि नबोलाएको र वडाध्यक्ष र अध्यक्ष ले मिलेर आफुहरुलाई आलटाल गरि दुख दिने काम मात्र गरेको कुरा पिडित राजेस साहले बताए । आफुहरुले घर बनाउदा जनप्रतिनिधि हरुको खास मान्छेको घर छेकिने भएकाले आफुहरुलाई अनावश्यक दुख दिएको गुनासो पिडित हरुको छ ।