असार २९, गौरीगञ्ज । अबिरल बर्षाका कारण कमल खोलामा आएको बाढिले झापाको गौरीगञ्जमा सीमा स्तम्भ बगाएको छ । गौरीगञ्ज वडा नँ २ क्षेत्रमा लालमाटी स्थित १४०/१५ नँबरको पिलर खोलाले बगाएको कुरा जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ ।
पिलर बगाएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट आँपगाछी बाट खटिएको सप्र शनि राम कुमार लिम्बू को टोलिले खोजि कार्य जारी राखेको बुझिएको छ ।