बैशाख ३०, गौरीगञ्ज । शुक्रबार देशै भरी सम्पन्न स्थानीय तहको चुनाव मा गौरीगञ्ज गाउँपालिका मा ७४ प्रतिशत मत खसेको छ । पालिका भरिको कुल २३ हजार ४ सय ७४ मत मध्ये बिभिन्न मतदान केन्द्र हरुबाट १७ हजार ३ सय २९ मत खसेको कुरा निर्वाचन अधिकृत को कार्यालय गौरीगञ्जले जनाएको छ ।
कुन बुथमा कति मत खस्यो हेर्नुहोस सुची –
बिहान ७ बजेदेखि शुरु भएको निर्वाचन गौरीगञ्जमा शान्त तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कुरा निर्वाचन अधिकृत भेषराज कोइराला ले जनाएका छन् । गौरीगञ्जका १५ मतदान स्थल मध्ये गौरीगञ्ज माबि र सरस्वती प्राबि मा बाहेक अन्य स्थानहरूमा निर्धारित समय भित्रै मतदान सकिएको थियो भने । गौरीगञ्ज माबि र सरस्वती प्राबि मा केहिबेर ढिलो गरी निर्वाचन सक्किएको थियो ।
यो समाचार तयार पार्दासम्म सरस्वती प्राबि बाहेक अन्य सबै बुथका मतपेटिका हरु गणना स्थलमा आइसकेको र सरस्वती प्राबि बुथको मतपेटिका आई सके पश्चात सर्वदलीय बैठक बस्ने तयारी भएको कुरा निर्वाचन अधिकृत कोइरालाले जनाएका छन् ।