गौरीगञ्जमा कोभिड अस्पतालको औपचारिक उद्घाटन

पढ्न समय: 2 मिनेट
रिबन काट्दै गापा अध्यक्ष श्रेष्ठ


कार्तिक २ गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नँ ६ स्थित नयाँ अस्पताल भवनमा सञ्चालित ५ शैय्याको कोभिड १९ अस्पतालको आज औपचारिक उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापाले सँयुक्त रुपमा ब्यानर पढेर तथा अध्यक्ष श्रेष्ठले रिबन काटेर अस्पतालको उद्घाटन गरेका छन् ।


गत बुधबारदेखि नै सो अस्पताल सञ्चालनमा आएपनि आज मात्र सो अस्पतालको औपचारिक उद्घाटन गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष तथा वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादबको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष थापाले स्वागत मन्तब्य राखेका थिए ।

- Advertisement -
Ad image
कोभिड अस्पतालको चिकित्सकीय टोली


गत बुधबार धरानको कोभिड अस्पतालमा उपचार नपाएर फर्किएका गौरीगञ्ज ४ का एक कोरोना सँक्रमित पुरुष सो अस्पतालमा उपचाररत छन् । भेन्टिलेटर बाहेक प्राय सबै सुबिधा रहेको सो अस्पतालमा डा. नबिन घिमिरेले प्रमुख चिकित्सकीय सेवा दिइरहेका छन् भने उनका सहयोगका रुपमा स्टाफ नर्स द्वय एञ्जिला खड्का र बिनिता लुइटेल गरि तिन जनाको चिकित्सकीय टोलि चौबिसै घण्टा तैनाथ रहने ब्यवस्था मिलाइएको कुरा गौरीगञ्जका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएको छ ।‌

गौरीगञ्जको स्वास्थ्यकर्मी हरुको टिम


अस्पताल नभएका प्रत्येक पालिका हरुमा एक कोभिड अस्पताल सञ्चालनमा ल्याउने सँघिय सरकारको उद्देश्य अनुरुप सँघिय सरकारको रु १० लाख बजेट बाट अस्थायि रुपमा सो अस्पताल सञ्चालनमा आएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्