माघ ११, गौरीगञ्ज । गौरीगञ्जमा बुधबार दुइ स्थानमा निश्ल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । प्रदेश नँ १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा प्रदेश नँ १ प्रहरी कार्यालय बिराटनगर, सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय पकली, नोबेल बस्पताल बिराटनगर र गौरीगञ्ज गाउँपालिकाको सह आयोजनामा खजुरगाछी माबिमा स्वाएक दिने निशुल्क स्थ्य शिबिर सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल बराह बाहिनी तथा प्रदेश १ प्रहरी कार्यालयकै आयोजनामा सीमा सुरक्षा तथा मानब बेचबिखन सँबन्धी सचेतना मुलक अन्तरकृया समेत सम्पन्न भएको छ । कार्यक्रमकै दौरान मन्त्रालयले वडा नँ ५ र ६ का ज्ष्ठ नागरिकहरु लाइ कम्बल समेत बितरण गरेका छन् ।


सो निशुल्क शिबिरमा नोबेल शिक्षण अस्पतालबाट आएका बिशेषज्ञ डाक्टर जित्न्द्र गुप्ता र डाक्टर बिकाश सुर्खेती तथा सशस्त्र प्रहरी बलका डाक्टर सुजित श्रेष्ठठ लगायतका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

त्यसैगरि गौरीगञ्ज आधारभुत अस्पतालमा पनि बुधबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको आयोजना तथा बि एण्ड सी शिक्षण अस्पतालको सह आयोजनामा मुटु रोग तथा महिला रोग सम्बन्धी शिबिर सम्पन्न भएको हो । सो शिबिरमा बि एणड सी शिक्षण अस्पतालबाट आएका बिशेषज्ञ डाक्टरहरु सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा उमेश कुमार यादबले मुटु सम्बन्धी रोगको र माहिला रोग बिशेषज्ञ डा लारिसा भगतले महिला रँग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेका थिए ।


सो शिबिरबाट २ सय ५९ जनाले निशुल्क स्वास्थ्य सेवा पाएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका अबिनाश सिँह ले जनाएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिब उमेश बस्नेतको अध्यक्षतामा भएको मन्त्रालयको शिबिरमा मन्त्रालयका उप सचिब अर्जुन निरौला सशस्त्र प्रहरी बल पकलीका डिएसपी लोकेन्द्र सुब्बा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने गौरीगञ्ज गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र खड्का लगायतको उपस्थिती रहेको थियो ।